sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » जिससका पदाधिकारीको सपथ तथा पदभार ग्रहण, जिल्लामा अनुगमन तिब्र पार्ने निर्णय

खोटाङ २३ साउन

जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार तथा सपथग्रहण गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीले आइतबार सपथ लिएसँगै पदभार ग्रहण समेत गरेका हुन् ।

समन्वय समितिका प्रमुखमा एमालेका तर्फबाट निर्वाचित बबी चामलीङ, उपप्रमुख गोमादेबी खत्री, सदस्यमा निर्वाचित कमलकुमारी राई, भगवती प्रधान, रञ्जना राई, चर्चबहादुर बिक, अडिराम राई, उदयबहादुर कार्की र रुद्रबहादुर बिष्टले पदभार ग्रहण गरे ।

पदभारग्रहण लगत्तै वसेको समन्वय समितिको पहिलो बैठकले जिल्लामा गुणस्तरिय निर्माण एबं जनसेवी प्रशासनका लागि प्रभावकारी अनुगमन गर्न मार्ग निर्देशन गर्ने निर्णय गरेको थियो ।

जिल्ला समन्वय समितिको पदाधिकारी चयनका लागि साउन २० गते सम्पन्न निर्वाचनमा एमालेको टिम विजयी भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post