sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङ आठ दिनदेखि विद्युत र सञ्चारबिहीन

रामधन राई/खोटाङ
काठमाडौं २ भदौ । उदयपुरको त्रियूगा नदीमा आएको बाढीले पोल बगाएका कारण आठ दिन अघिदेखि अबरुद्घ विद्युत अझै सञ्चालन हुन नसक्दा खोटाङबासी सुचना तथा सञ्चार सेवाबाट बञ्चित हुन बाध्य छन् । 

बाढीपहिरोका कारण अघिल्लो बिहिबारदेखि अवरुद्ध भएको बिद्युत अझै सञ्चालनमा आउँन नसक्दा मोबाईल तथा टेलिफोन, ईमेल–ईन्टरनेट सेवा प्रभाबित हुनका साथै स्थानीय रेडियो तथा पत्रपत्रिका ठप्प हुँदा जिल्लाबासी सञ्चारबिहिन बनेका हुन् ।  

लामो समयसम्म विद्युत आपूृर्ति नभएका कारण जिल्लाका बैंक तथा बित्तिय संस्थाहरुको सेवा समेत प्रभाबित बनेको छ । बिद्युत अभाबमा काम नबन्दा होटलमा महंगो रकम तिरेर बस्न बाध्य बनेको नागरिकता राहदानी लगायतका काम लिएर सदरमुकाम आएका सर्वसधारणको गुनासो छ । प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले भने सवै कार्यालयमा जेनेरेटर चलाएर भए पनि सेवा प्रवाह गर्न अनुरोध गरिएको बताउनुभएको छ । 

वाढीले बगाएको आठ वटा पोल गाढ्ने काम तीव्र रुपमा भईरहेको बिद्युत प्राधिकरण खोटाङले जनाए पनि उदयपुरको जलजलेदेखि खोटाङको बुईपासम्म रहेको ३३ केभी प्रशारण लाईन सञ्चालनमा ल्याउँन नसक्दा जिल्लाबासी अन्धकारमा बस्न बाध्य छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post