sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङ जिससमा एमाले विजयी

खोटाङ, २० साउन । जिल्ला समन्वय समिति खोटाङमा नेकपा एमालेको समूह विजयी भएको छ । 

शुक्रबार सम्पन्न निर्वाचन परिणामनुसार एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बबी चाम्लिङको समूह विजयी भएको हो । चाम्लिङले १३ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रकाशकुमार श्रेष्ठले सात मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताउनुभयो । 

जिसस उपाध्यक्षमा एमालेकी गोमादेवी खत्री १३ मत ल्याएर विजयी हुनुभएको छ । खत्रीका निकटतम प्रतिस्पर्धी कँग्रेसकी चन्द्रकला राईले सात मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
जिसस सदस्यमा एमालेका कमलकुमारी राई, भगवती प्रधान, रञ्जना राई, चर्चबहादुर विश्वकर्मा, अडिराम राई, उदयबहादुर कार्की र रुद्रबहादुर विष्ट निर्वाचित हुनुभएको छ । रासस 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post