sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङ सेवा समाजद्धारा कतारमा प्रशिक्षण सम्पन्न

 रुद्र शर्मा 
कतारमा स्थापित नेपाली समुदायको पहिलो र पुरानो संस्था खोटाङ सेवा समाज कतारले आफ्ना सदस्यहरु तथा कतारमा थलो बनाएका गृहबासीहरुका लागि एक दिने संस्थागत सांगठनिक प्रशिक्षण कार्यकम गत शुक्रबार २८ जुलाईका दिन सम्पन्न भएको छ ।

संस्थाका बर्तमान पदाधिकारीहरुले कतार लगायत गृह जिल्लामा निकै उदारणीय कामहरु गर्दै आउदा केहि ठाउँमा संस्थागत प्रक्रिया र पद्धती अलि नमिलेको महसुस गर्दै सस्था संचालनका लागि आवश्यक आधारभूत र सांगठनिक पद्धतीका बारेमा सहजकर्ताहरुले आधारभूत प्रशिक्षण दिएका थिए । कार्यक्रम सस्थाका संस्थाका सम्पूर्ण पदाधीकारीहरु र खोटाङ जिल्लाबाट कतारलाई कार्यक्षेत्र बनाई कतारमा कार्यरत खोटांगेहरुलाई समेटर गरेको उक्त कार्यकम गरेको थियो । कार्यक्रममा करिब ५० भन्दा बढि पदाधिकारी लगाएत सदस्यहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा संस्थाका सल्लाहकार बिनेश तमाङले संस्था, सस्थागत प्रक्रीया र पद्धतिको बारेमा प्रशिक्षण दिएका थिए भने क्रमस सल्लाहकार बेदराज राइले बैठक तथा कार्यक्रम, खोटाङ सेवा समाज कतारका मानार्थ सदश्य तथा बुद्दिजिबी बिल गुरुङले उत्घोषण तथा मन्तब्य, सल्लाहकार तिर्थ संगम राईले सुचना, समाचार तथा प्रसार प्रसार र सल्लाहकार प्रेम प्रसाद भट्टराईले सदस्य र प्रमाणपत्रको बारेमा जानकारी दिदै सजहकर्ताको भूमिका निर्बाह गरेका थिए । 

कार्यकममा संस्थाका सल्लाहकारहरुले जुन हिसावमा संस्था अगाडी बढ्नु पर्ने हो त्यसमा केही ढिलाई भएकोमा जोड दिए । २०५४ सालमा स्थापना भएर आएको सस्थाले भर्खरै मात्र गृह जिल्लामा एम्बुलेन्स समेत सहयोग गरिसकेको छ । दोहाको बि रिंगरोड स्थित ढाका रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त कार्यकम करिब पाँच घण्टा चलेको थियो । सस्थाका अध्यक्ष तिलाबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यकमलाई महासचिब कैलाश श्रेष्ठले संचालन गरेका थिए भने सस्थाका प्रथम उपाध्यक्ष्य एक राज राईले कार्यक्रमका अतिथि लगाएत उपस्थित सम्पूर्णलाइ स्वागत गरेका थिए त्यसै गरि सस्थाका द्दितीय उपाध्यक्ष्य रुद्र शर्मा ९आचार्य०ले कार्यक्रमको बारेमा प्रस्ट परेका थिए । संस्थाका अध्यक्ष खत्रीले सस्थाका सदस्यलाई समेट्ने हिसाबले सो कार्यक्रम गरेको बताउदै कार्यकमको समापन गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post