sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » देश विदेशका मुख्य खबर अबदेखि हाम्रोखोटाङ डटकममा

खोटाङ २६ साउन
खोटाङका समाचार सूचना, जानकारी तथा गतिविधि देश विदेशमा रहेका सबै नेपालीसामु पुर्याउने उद्देश्यले २०१२ मे देखि नियमित सञ्चालनमा रहेको हाम्रो खोटाङ डटकमले अबदेखि देश विदेशका मुख्य मुख्य खबरहरु समेत सम्प्रेषण तथा प्रकाशन गर्ने भएको छ ।

यसअघि खोटाङ र खोटाङेसँग सम्बन्धित गतिवधि, सूचना तथा समाचार मात्र पस्कदै आएको यस अनलाइनले अबदेखि समाचार र सूचनाको दायरा फराकिलो पार्दै देश विदेशका मुख्य खबरलाई पनि समेट्ने निर्णय गरेको हो । त्यसका लागि एक कोलम राष्ट्रिय समाचार भनेर छुट्याइएको छ । यद्यपी, मुख्य प्राथमिकता भने खोटाङ र खोटाङेसँगको गतिविधिलाई दिइने अनलाइन सञ्चालकले जनाएका छन् ।

एउटै अनलाइन खोल्दा देश विदेशका मुख्य समाचार पनि एकै साथ थाहा होस् भन्ने उद्देश्यले मुख्य देश विदेशका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृति गतिविधिलाई हाम्रो खोटाङ डटकममा नै समेट्नेमा पुगेको हो ।

हाम्रो खोटाङ डटकम खोटाङसँग सम्बन्धित रहेर नियमित सञ्चालन हुँदै आएको स्वतन्त्र पहिलो अनलाइन न्यूज पोर्टल हो । यो अनलाइन प्रेस काउन्सिल नेपाल, सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सूचना विभागमा दर्ता भई आधिकारिक प्रमाणपत्र लिएर ५ वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post