sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » नायक/निर्माता नवल खड्का र गायिका सत्यकला राई अमेरिकामा सम्मानित


खोटाङ निवासी राष्ट्रवादी धारका चलचित्र निर्माता समेत रहेका नायक नवल खड्का र चर्चित गायिका सत्यकला राई अमेरिकामा सम्मानित भएका छन् ।


अमेरिकाको टेक्सासमा एभरेष्ट इन्टरटेन्मेन नामक संस्थाबाट उनीहरु सम्मानित भएका हुन् । संस्थाका अध्यक्ष मनोज राईले टोपी र खादाका साथ एक कार्यक्रमका बिच उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानपछि बोल्दै खड्काले सम्मानले थप जिम्मेवारी बोध र उर्जा प्राप्त भएको उल्लेख गर्दै ड्यासपोरमा बसेर नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदान प्रसंशा गरे । । नेपालमा, नेपाली चलचित्र लाई माया गर्ने र नेपाली चलचित्रलाई माया नगर्नेका बिचमा द्वन्द्व रहेको समेत उनले औल्याएका थिए । अब चाँडै बक्स अफिस र राष्ट्रिय चलचित्र नीति कार्यन्यवन हुने विश्वास समेत उनले ब्यक्त गरे।

संस्थाका अध्यक्ष मनोज राईले सबैबाट साथ र सहयोग अपेक्षा गर्दै सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा विभिन्न कलाकारले साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post