sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पहिरोको जोखिममा परेको खानिडाँडा विमानस्थल आसपास बृक्षारोपण

खोटाङ, २७ साउन । भलबाढीका कारण पहिरोको जोखिममा परेको खोटाङस्थित मनमायाँ राई खानिडाँडा बिमानस्थल आसपास बृक्षारोपण गरिएको छ । वर्षाका कारण माटो कटान हुँदा पहिरोको जोखिममा परेको कुरालाई मध्येनजर गर्दै जिल्ला बन कार्यालय र सामुदायीक वनउपभोक्ता महासंघले माटो कटान नियन्त्रण र सुन्दरताका लागि हालै बृक्षरोपण गरेको हो ।  

जिल्ला सदरमुकाम दिक्तेल बजार नजिकै पर्ने रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित उक्त विमानस्थल आसपासमा माटो कटान र भु–क्षय नियन्त्रणका लागि तेजपत्ता, रिट्ठा, टाँकी, बडहर, सल्ला लगायतका विरुवा रोपिएको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । यसअघि भलबाढीका कारण बिमानस्थलको दक्षिणी भाग कटान भएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post