sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नक्कली नोटसहित पक्राउ परेका श्रेष्ठविरुद्ध मुद्दा दर्ता

साउन २२ खोटाङ । नक्कली नोटसहित पक्राउ परेका खोटाङस्थित लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठविरुद्ध जिल्ला अदालत खोटाङमा खोटा चलन अन्तरगत मुद्दा दर्ता गरिएको हो । 

नेपाली मुद्रा हजारको पाँचवटा नक्कली नोट सहित गत शुक्रबार प्रहरीले पक्राउ गरेको श्रेष्ठबिरुद्घ आईतबार जिल्ला अदालतमा मुद्घा दर्ता गरिएको हो ।  

स्थानीयलाई दिएको हजारको नोट नक्कली भएको थाहा पाएपछि सोही दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो । बेलुकाको समयमा घरैबाट पक्राउ परेका श्रेष्ठलाई अड्डासार गर्दै शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर आइतबार मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । 

नक्कली नोटको कारोबार गरेको आरोपमा मुद्दा परेका श्रेष्ठ संलग्न रहेको ठहरिएमा दश वर्षसम्म कैंद सजाय हुने अदालतले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post