sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » दिक्तेलमा बहुआयमिक खेल मैदान अभाव रहेको ठहर, तदर्थ समिति गठन

खोटाङ १५ भदौ
खेल प्रेमी विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको एक भेलाले दिक्तेलमा बहुआयमिक खेल मैदान अभाव रहेको निष्कर्ष निकाल्दै एक समिति गठन गरेको छ ।

हालको रुपाकोट मझुवागढ़ी न पा ५ मा सम्पूर्ण परिवर्तन अनि विकासप्रेमी,खेलकुदप्रेमी महानुभावहरुको उपस्थितिमा बृहत छलफल र अन्तरक्रिया गरेर एउटा बहुआयमिक खेल मैदानको अभाव रहेकाे  निष्कर्ष निकाल्दै गिरिराज राईको संयोजकत्वमा एक तदर्थ समितिको गठन भएको हो ।

छलफलपछि एक खेलप्रेमी एक अभियान्ता सन्जय राईले सामाजिक सञ्जाल फेसबुकमा राखेको सन्देश यस्तो छ:


आजको उपलब्धि 

सके पास रे,नसके अभ्यास रे ?
(साविक मझुवा,लफ्याङ्ग,०२,दिक्तेल न पा ११) हालको रुपाकोट मझुवागढ़ी न पा ०५ मा सम्पूर्ण परिवर्तन अनि विकासप्रेमी,खेलकुदप्रेमी महानुभाव ज्युहरुको उपस्थितिमा ५ घन्टे समय अनि १०० जनाको उपस्थितिमा बृहत छलफल र अन्तरक्रिया पश्चात,सकरात्मक नतिजाको साथमा एउटा बहु आयमिक खेल मैदानको अभाव रहेको निष्कर्ष निकाल्दै आदरणीय गुरु श्री गिरिराज राई ज्युको संयोजकत्वमा एक तदर्थ समितिको निर्माण गरियो |
बिसेष धन्यवादका पात्रहरू
१,श्री बबी चाम्लिङ्ग ज्यु - प्रमुख जिल्ला समन्वय समिति खोटांग,अध्यक्ष ने क पा एमाले खोटांग 
२,श्री बिष्णु (आभुसन)राई ज्यु - नेता नेपाली कांग्रेस,पुर्व जिल्ला सभापति नेपाली कांग्रेस खोटांग 
३,श्री दुर्गा घिमिरे ज्यु - सामाजिक अभियन्ता,तथा अध्यक्ष मनमाया खानिडांडा बिमान स्थल
४,श्री नुरकाजी सैंजु- सामाजिक अभियन्ता,पुर्व रास्ट्रिय भलिबल खेलाडी,तथा शिक्षक 
५,श्री ध्रुवबिक्रम राई ज्यु - सामाजिक अभियन्ता तथा अध्यक्ष सोलमा स्पोर्ट्स क्लब
नोट- व्यस्तताको बाबजुद उपस्थित हुन् छुट्नु भएका बाकि नेता ज्यु,सामाजिक अभियन्ता,खेलकुदकर्मी ज्यु,समाजसेवी ज्यूहरुलाई अर्को भेलामा निम्तो दिई वाहाहरुबाट आएको सबै खाले सुझाबको सम्मान गर्दै समितिमा नामहरु थप,हेरफेर गरि,नीति तथा योजनाहरु छिट्टै नै तय हुनेछ |

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post