sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सरकारी कार्यालय परिसरमा शुरु गरिएको मन्दिर स्थापनाको विरोध

खोटाङ २४ साउन । खोटाङस्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा मन्दिर स्थापना गर्न शुरु गरिएकोमा विरोध भएको छ । धर्मनिरपेक्ष राज्यको सरकारी अंगका रुपमा रहेको कार्यालय परिसरमा मन्दिर निर्माण गर्न लागिएको भन्दै  विरोध भएको हो ।

सरकारी कार्यालय परिसरमा एकल धर्मको प्रर्बद्घन हुने गरी मन्दिर निर्माण सुरु गरिएको भन्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति खोटाङले  विरोध जनाएको छ ।

 समन्वय समितिको परिषरमा हिन्दुधर्मावलम्बीको मन्दिर निर्माण सुरु गरिएको भन्दै यस अघि जेठ २९ गते ध्यानाकर्षण बुझाएको महासंघले सोमबार पुनः समन्वय समितिमा ज्ञापनपत्र बुझाएर आपत्ति जनाएका छन् ।  एकल हिन्दुधर्ममा आधारित सोंचले मन्दिर निर्माण सुरु गरिएको भन्दै महासंघले समन्वय समितिका उपप्रमुख गोमादेबी खत्री समक्ष तत्काल मन्दिर निर्माण कार्य रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 

निर्माणाधिन मन्दिरको ठाउँमा गौतम बुद्धको शालिक वा साहित्यकार एवं पुरातत्वविद लैनसिं वाङ्देलको प्रतिमा बनाउन सुझाब दिइए पनि बेवास्ता गरिएको नेपाल आदिवासी जनजाती महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईको भनाई छ । धमै निरपेक्ष राज्यको सरकारी अंगमा कुनै एक मात्र धर्मलाई प्रवद्र्धन गर्ने काम गर्न नहुने भन्दै यदि त्यस्ता भौतिक संरचना निर्माण गर्नै पर्ने भए सबै धर्मवालम्बीलाई स्विकार्य हुने मात्र गर्नुपर्ने महासंघले माग गरेको छ । महासंघले जिल्ला समन्वय समितिको परिसरमा शुरु गरिएको मन्दिर निर्माणको काम तत्काल रोक्न र बिकल्प खोज्न चेतावनी दिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post