sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङ एमालेले चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्न बनायो उच्चस्तरीय समिति

  • ‘टिकट नपाएकाले आफ्नैलाई हराएको रिपोर्टिङ’

खोटाङ १४ भदौ
नेकपा एमाले खोटाङले स्थानीय तहमा अन्तरघात गर्नेलाई छानबिन गर्नका लागि एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
बैठकका क्रममा नेताहरु । फोटोः विशाल भट्टराई फेसबुकबाट
सदरमुकाम दिक्तेलमा तीन दिनसम्म बसेको जिल्ला पार्टी कमिटीको बैठकले केन्द्रीय सदस्य राजन राईको संयोजकत्वमा प्रदेश कमिटी सदस्य हरि पोखरेल र जिल्ला उपाध्यक्ष राम दंगाल सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन गरेको जिल्ला स्तरीय एक नेताले हाम्रोखोटाङलाई जानकारी दिए ।

समितिले कस्तो किसिमको अन्तरघात गरेको हो भन्ने अध्ययन गरेर सिफारिस गर्ने बताइएको छ । छानबिन समितिको सिफारिसमा निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि एमालेले कारबाही गर्ने भएको छ ।

बैठकले संगठन राम्रो हुँदाहुँदै पनि अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको थियो । बैठकमा तल्लो तहबाट अन्तरघात भएको, उम्मेदवार नपाएकाहरुले आफ्नै साथीलाई हराउन लागेको, सबै ठाउँमा प्रभावकारी रुपमा पुग्न नसक्दा चुनावमा हार बेहोर्न परेको लगायत रिपोर्टिङ भएको थियो ।

संविधानसभाको निर्वाचनमा दुवै क्षेत्र प्रत्यक्षमा एमालेले जितेकोमा स्थानीय तहको निर्वाचनमा पालिका प्रमखुमा ५ स्थानमा एमाले, ४ मा कांग्रेस र १ मा माओवादी केन्द्र विजयी बनेको थियो ।

सांसद समेत रहेका जिल्ला इन्चार्ज विशाल भट्टराईले आज १ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post