sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » साउनमा ५ हजारको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता


खोटाङ २८ साउन ।

खोटाङमा साउन महिनामा मात्रै ५ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

अगामी प्रदेश र संघीय संसदको चुनावका लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन अन्तर्गत जिल्लामा साउन महिनामा ५ हजार १८० जना मतदाताले नाम दर्ता गराएका हुन् ।

फोटो सहितको मतदाता नामावलीमा साउन १ गते देखी २५ गते सम्ममा महिला २३ सय ९९ र पुरुष २७ सय ८१ गरी ५ हजार १८० जना मतदाता थपिएका हुन् । जिल्लामा विभिन्न स्थानीय तहमा सम्पन्न शिविरबाट २ हजार १७० मतदाता थपिएका छन् ।

यस्तै, जिल्ला निर्वाचन कार्यालयमा आएर ३ हजार १० जनाले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

१४ असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा खोटाङ जिल्लामा १ लाख ५ हजार मतदाता रहेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post