sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङका पर्वत राई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं १६ भदौ
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा खोटाङका पर्वत राई विजयी भएका छन् ।

क्रान्तिकारीको २१ औं सम्मेलन अन्तर्गत हिजो भएको मतदानसँगै प्रदेश एकको सम्पन्न मतगणना अनुसार पर्वत विजयी भएका हुन् । उनले खोटाङकी प्रेमिला राई भन्दा १० मत बढी लिएर विजयी भएका हुन् ।

खुल्ला केन्द्रीय सदस्यमा जिल्लाको एक कोटा अन्तर्गत पर्वतले ११३ मत पाए भने निकटम प्रतिद्धन्दी प्रेमिलाले १०३ मत पाइन । निर्वाचनमा खोटाङका चार जनाले उम्मेदवारी दिएका थिए । जसमा मिलन साहारले दलित केन्द्रिय सचिवमा प्रेमिला राई र पर्वत राईले खुल्ला केन्द्रीयमा, बद्री कुमार राईले प्रदेश एकको खुल्ला सचिवमा उम्मेदवारी दिएका थिए ।

मिलन र बद्री समेत मतगणनामा पछि रहेको बताइएको छ । अध्यक्ष लगायत पदका लागि अहिले पनि मतगणना जारी छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post