sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सांसद भट्टराईले काठमाडौंबाट ल्याएको बेमौसमी सुन्तला नफलेपछि....!

काठमाडौं २३ भदौं
खोटाङका प्रत्यक्ष निर्वाचित सांसद विशाल भट्टराईले चार वर्ष अगाडी काठमाडौंबाट सय रुपैयाँमा किनेर ल्याएको बेमौसमी सुन्तला नफलेपछि बोट नै काटेर फालिदिएका छन् ।

चार वर्ष अघि असार महिनामा झरीमा दुःखका साथ काठमाडौंबाट गतिलो भनेर सुन्तलाको बिरुवा लिएर रोपेको तर उत्पादन नै नदिएपछि काट्न परेको उनले बताए ।

सांसद भट्टराईका अनुुसार उनले किर्तिपुरस्थित बागबानी केन्द्रबाट सय रुपैयाँ तिरेर बिरुवा खरिद गरेका थिए । अफ सिजनमा पाक्ने र राम्रो सुन्तला भएको भनेपछि उनले पनि खरिद गरेका थिए । तर उत्पादन नै नदिएपछि काट्न परेको उनले बताए ।

श्रीमतीको सल्लाह पनि सुन्तला फालेर राग रोपौं भन्ने भएपछि श्रीमतीको सल्लाह अनुसार समेत बिरुवा काटिएको उनी बताउँछन् । ‘असारको झरीमा काठमाडौदेखि बडो कष्टपुर्ण तरिकाले ल्याएर रोपेको यो गतिलो भनिएको सुन्तलाले राम्रो उत्पादन नदिएपछि ढाल्नुको विकल्प रहेन। घरछेउको यो बोटले फल नदिएपछि दिक्क हुदै घर सम्हाल्दै बसेकी धर्मपत्नीले भनिन- बरु यी बोटहरु ढालेर साग रोपौ।’ सांसद भट्टराईले फेसबुसमा फोटो हाल्दै भनेका छन् ' उनकै आदेशको पालना गर्दैछु ।'




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post