sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » शैक्षिक सुधारमा सक्रिय जिशिअलाई सडकमै सम्मान

खोटाङ, भदौ–२०, खोटाङमा खस्कँदो शैक्षिक स्तर सुधार गर्नका लागि नयाँ शैक्षिक अभियान सञ्चालन गरी महत्वपूर्ण योगदान पु¥याएको भन्दै जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाललाई नागरिक सम्मान गरिएको छ ।  जिल्लामा शैक्षिक सुधार अभियानलाई तीब्र रुपमा चलाइरहेको जिशिअ नेपालको जिल्लाबाट सरुवा भएपछि सोमबार दिक्तेलबजार स्थित त्रिबेणी चोकमा सम्मान गरिएको हो ।

शैक्षिक सुधारका क्षेत्रमा हरहमेसा प्रयत्नरत जिल्ला शिक्षा अधिकारीको जिल्लाबाट १० महिनामै सरुवा भएपछि खोटाङ नागरिक समुहले सडकमै आयोजना गरेको बिशेष कार्यक्रममा नागरिक सम्मान गरेको हो । जिल्लाबाट बिदाई हुने पलमा नेपाललाई दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गरिएको हो । जिशिअ नेपालले जिल्लाको शैक्षिक स्तरसुधारका लागि गरेको प्रयत्न तथा समन्वय सह्रानीय भएको खोटाङ नागरिक समुहका संयोजक हरि राजभण्डारीको भनाइ थियो ।

जिशिअ नेपालले खस्कँदो शैक्षिक स्तरलाई सुधार गर्दै ‘नमूना’ विद्यालयका रुपमा स्थापित गर्नका लागि जिल्लाका ३० माबिमा शैक्षिक सुधारात्मक कार्यक्रम सुरु गरेका थिए । यस्तै, मादक पदार्थ सेवन गरेर विद्यालय जाने शिक्षकलाई कारबाही र स्पष्टीकरण, फर्जी विद्यार्थी देखाउने, नियमित विद्यालय नजाने, पार्टीको नेताका रुपमा काम गर्ने शिक्षकलाई स्पष्टीकरण सोध्न थालेपछि अभिभाबक उत्साहित भएका थिए ।

शुरुवातदेखि नै बिद्यालय सुधारका लागि भनी गरेको छड्के निरीक्षण लगायत बिभिन्न गतिबिधिका कारण चर्चामा रहेका जिशिअ नेपाललाई जिल्लामा कार्यरत रहँदा शिक्षकहहरु माथि पक्षपातपुर्ण ब्यवहार गरेको आरोप समेत लागेको थियो । जिल्लामा कार्यरत रहँदा कुनै पार्टी वा बिचार बिशेष शिक्षकहरुलाई मात्र स्पष्टीकरण सोध्ने जस्ता कार्य गरी टर्चर दिने र आफ्नो पक्षकोलाई छुट दिने गरेको एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले आरोप लगाउँदै आएका थिए । यता, जिशिअ नेपालले भने अरु केही नहेरी नियमकानुन बमोजिम आफ्नो काम, कर्तब्य र जिम्मेवारी पुरा गर्दै आएको भनाई राख्दै आएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post