sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » युवा व्यवसायीलाई औजार तथा सामग्री प्रदान

केदार मगर/खोटाङ, २१ भदौ ।
जनसेवा समाज नेपाल जालपा खोटाङले जिल्ला ७५ जना युवा व्यवसायीलाई औजार तथा सामग्री प्रदान गरेको छ । समाजले सबल परियोजनाको सहकार्यमा प्रतिव्यक्ति दश÷दश हजार बराबरको व्यवसायिक औजार तथा सामग्री बुधबार प्रदान गरेको हो ।
व्यवसायमा लागेका तथा औपचारिक सीप एवम् सहयोग नपाएका व्यवसायीलाई ५२ दिनको तालिम दिएर औजार तथा सामग्री प्रदान गरिएको समाजका अध्यक्ष दानबहादुर राईले बताए । “पछिल्लो समय युवा पुस्ता पनि व्यवसायिक बन्ने प्रयत्नमा रहेका छन् ।” उनले भने, “उनीहरुको  व्यवसायमा सघाउ पु¥याउने उद्देश्यले सम्बन्धित विषयको तालिम तथा औजार प्रदान गरिएको हो ।”
समाजले होटल व्यवसायी, कृषक र सिलाइ÷कटाइ पेशामा लागेका युवा व्यवसायीलाई सात लाख ५० हजार बराबरको औजार तथा सामग्री प्रदान गरेको छ । विभिन्न पेशा व्यवसायमा लागेका व्यवसायीलाई सम्बन्धित विषयमा तालिम प्राप्त प्रशिक्षकद्धारा तालिम दिएर औजार तथा साम्रगी प्रदान गरिएको हो ।
समाजले दिक्तेलस्थित सबल परियोजनाको कार्यालयमा व्यवसायीलाई औजार तथा सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका निमित्त प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि उदयबहादुर कार्कीले व्यवसायीलाई औजार तथा सामग्री हस्तान्तरण गरेका हुन् ।
यसैबीच, समाजद्धारा सञ्चालित विभिन्न विषयको तालिम समेत बुधबार नै अनुगमन गरिएको छ । जिससका निमित्त प्रमुख कार्कीको संयोजकत्वमा गएको अनुगमन टोलीले सञ्चालित तालिम प्रभावकारी भएनभएको अनुगमन गरेको हो ।
अनुगमन टोलीले युवा व्यवसायीलाई प्रदान गरिएको तालिम प्रभावकारी रुपमा  सञ्चालन भइरहेको जनाएको छ । तालिममा सहभागी युवा व्यवसायी पनि सीप सिक्न उत्साहित रहेको पाइएको संयोजक कार्कीले बताए ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post