sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दैबि प्रकोप उद्दार समिति खोटाङलाई तीन लाखको उद्दार सामाग्री

खोटाङ भदौ–२६,  बिपद् पूर्ब तयारी स्वरुप जिल्ला दैबि प्रकोप उद्घार समिति खोटाङलाई तीन लाख रुपैंयाँ बराबरको उद्दार सामाग्री प्रदान गरिएको छ । जिल्लाभित्र बिभिन्न समय बिभिन्न प्रकारका बिपद्हरु आईरहेको हुनाले बिपद् पूर्ब तयारी तथा प्रतिकार्य योजनााअनुरुप सबल परियोजना खोटाङका तर्फबाट आपत्कालिन खोज तथा उद्दार  सामाग्री प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार भएको हस्तान्तरण कार्यक्रममा सबल परियोजनाका वरिष्ठ जिल्ला संयोजक बसन्तकुमार श्रेष्ठले जिल्ला दैबि प्रकोप उद्दार  समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीलाई सो रकम बराबरको उद्दार  सामाग्री हस्तान्तरण गरेको हो । जिल्लाका लागि त्रिपाल सय थान, लाईफ ज्याकेट, हेल्मेट, स्टील बाल्टिन, गैंती र साबेल २०÷२० थान प्रदान गरिएको हो । यस्तै, २ थान टिनको बाकसको साथमा कोदालो, ह्यामर र आरा १०÷१० थान तथा हाते आरा र लामो आरा ५÷५ थान प्रदान गरिएको सबल अन्तर्गत बिपद् जोखिम न्युनिकरण तथा जलबायु परिबर्तन अनुकुलन अधिकृत रामप्रताप सिंहले जनाए ।
गत असार १९ गते बसेको दैबि प्रकोप उद्दार  समितिको बैठकले बाढी, पहिरो, चट्याङ, आगालागी आदिका जोखिममा जिल्ला रहेको हुनाले तत्काल खोज तथा उद्घार सामाग्रीको आवश्यक्ता रहेको निर्णय गरेको थियो । सामाग्री बुझ्दै उद्घार समितिका संयोजक प्रमुख जिल्ला अधिकारीले प्राप्त भएको सामाग्री पहाडी क्षेत्रका आवश्यक्ता अनुसार भएको बताए । प्रजिअ अधिकारीले सबललाई धन्यबाद ज्ञापन गर्दै प्राप्त सामग्रीलाई सुरक्षित ढंगबाट सदुपयोग गरिने उल्लेख गरे ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post