sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङ जालपामा चौबीसै घण्टा प्रसुती सेवा

खोटाङ भदौ–२८, नवजात शिशु तथा मातृ मृत्युदर नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागको सहयोगमा खोटाङको जालपास्थित स्वास्थ्यचौकीमा २४ घण्टे प्रसुती सेवा सुरु गरिएको छ ।

रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित स्वास्थ्यचौकीमा आवश्यक उपकरण तथा भौतिक संरचनाको व्यवस्थापछि प्रसुती सेवा सुरु गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो ।

डेलीभरी टेवल, सक्सन मेसिन, डेलीभरी सेट, कुर्सी टेबल, दराज, अक्सिटोसिन, माक्स, ग्लोव लगायतको व्यवस्थापन गरेर स्वास्थ्यचौकीबाट प्रसुती सेवा सुरु गरिएको हो । स्वास्थ्य सहयोग समिति र वडा कार्यालयको सिफारिसका आधारमा प्रसुती सेवा केन्द्र स्थापना गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

केन्द्रबाट सरकारी सेवा अनुसार सुत्केरीलाई सेवा उपलब्ध गराइने वडाध्यक्ष विकास राईले बताउनुभयो । 
यो सँगै जिल्लामा प्रसुती सेवा केन्द्रको संख्या ३४ पुगेको अस्पतालले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post