sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ‘म मुख खोल्दै छु...’ : नेपाल आईडल बिक्रम

                                  ‘नेपाल आइडल त विक्रम नै हुन्’

भीम राई भदौ–३१, २०७० सालमा सम्पन्न भएको नेपाल आईडल २०७० का विजेता खोटाङ राखाका बिक्रम राईले शुक्रबार ‘म मुख खोल्दै छु..’ भन्ने स्टाटस पोष्ट गरे पछि सामाजिक सञ्जाल फेसबुकमा हंगामा मच्चिएको छ । रेडलाईट इन्टरटेन्मेन्टको आयोजनामा ०६९ भदौ ७ गतेदेखि सुरु भएको तत्कालिन नेपाल आईडलको लागि हालकै जस्तो विभिन्न अडिसनहरु संचालन हुँदै विजेता बनेका हालका ऐसेलुखर्क गाउँपालिकामा पर्ने राखाका बिक्रमले किन यस्तो स्टाटस लेखे भन्ने विषयमा टिक्का टिप्पणी शुरु भएको छ ।
नेपाल टेलिभिजनले प्रशारणमा ल्याएको त्यस बेलाको नेपाल आइडलमा निकै कडा प्रतिस्पर्धा भएको थियो । उस्ता–उस्तै प्रतियोगीहरु बीच भएको गायन प्रतियोगितामा हाल भईरहेको जस्तै भोटिङ मार्फत आईडल बनेका बिक्रमले हाल उनको उपाधी रक्षाको संकेत गर्दै यस्तो स्टाटस लेखेको सबैको बुझाई छ ।
नेपाल आइडल नाम भएको इभेन्ट यो भन्दा अगाडि नै संचालन भएको पाइएको छ । आज भन्दा ४ बर्ष अगाडि नेपाल आइडलको पहिलो आइडलको उपाधी वितरण गरिसकिएको छ । २०७० सालमा नेपाल आइडलको उपाधी कलाकार विक्रम राईले प्राप्त गरेका छन् । यो नेपालको पहिलो नेपाल आइडल हो । यसले नेपाल आइडलको हाल भईरहेको प्रतियोगिता दोस्रो सिजनको हुनुपर्ने मागहरु उठ्न थालेका छन् ।
२०७० सालमा सम्पन्न नेपाल आइडलको पहिलो सिजनमा निर्णायकहरु क्रमश संगितकार ओम प्रकाश राई, अशोक राई, मिन सागर लामा लगायत थिए ।
नेपाल आइडल पहिलो सिजनको फाईनल राउण्डमा पर्न सफल प्रतियोगितहरु अमित परियार धनकुटा दोस्रो, कृष्ण खवास मोरङ तेस्रो, सचिन राई खोटाङ चौथो तथा अस्मिता अधिकारी झापा पाँचौ रहेका थिए । उनीहरुलाई नेपाल आइडलकै ब्यानर दिएर प्लेटफर्म दिइएको थियो । उक्त कार्यक्रमलाई नेपाल टेलिभिजनले लाइभ प्रशारण गरेको थियो ।
यसका आयोजक रेडलाईट इन्टरटेनमेन्टका अध्यक्ष तथा तत्कालिन निर्णायक ओमप्रकाश राई रहेका थिए । उनले नेपाल आइडलको अहिलेको शो लाई नर्मल भएको प्रतिक्रिया दिएका छन् । उनले भने–‘नेपाल आइडल त विक्रम नै हुन् । यो चाँही राष्ट्रिय स्तरको भयो । अहिले गरेको चाँही इन्टरनेशनल हो ।’ तर पहिलो नेपाल आइडल आयोजना सँस्थाले प्रतिभाको उत्पादन गरेर संरक्षण गर्न नसकेको गुनासो आउन थालेको छ । यस बारेमा ओमप्रकाशले भने सहमती भएको बताएका छन् । के कस्तो लेनदेनमा सहमती भयो यो भने उनले खुलाएका छैनन् ।
उनले पहिलो नेपाल आइडल विक्रम राईलाई पनि स्टेजमा बोलाएर मायाको चिनो दिने सम्मको सहमती भएको बताएका थिए । तर आइडलको अन्तिम स्पर्धा ग्राण्ड फिनालेको तिथि मित र समय आउँदा समेत विक्रम ्राई लगायतको उपाधीनै खोसिने गरी एपिवान टेलिभिजन तथा पुरानो आयोजक रेडलाईट इन्टरटेनमेन्टको सहमती भईसकेको चाल पाएपछि विक्रम आक्रोशित मुडमा पुगेका हुन् । उनका फयानहरुले भने बिक्रमलाई सर्पोट गर्दै यसको कानुनी उपचार खोज्न समेत आग्रह गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post