sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » गोमा राईको अध्यक्षतामा समाजबादी बिद्यार्थी फोरमको सम्पर्क समिति

खोटाङ असोज–१, गोमा राईको अध्यक्षतामा समाजवादी विद्यार्थी फोरम नेपालको खोटाङ–काठमाडौ सम्पर्क समिति गठन गरिएको छ । शनिबार काठमाण्डौको तिनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा आयोजित भेलाले राईको अध्यक्षतामा सत्र सदस्यीय समिति गठन गरेको हो ।
सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव ध्यानबहादुर राईको प्रमुख आतिथ्यतामा गठित समितिको उपाध्यक्षमा स्वर्गीय सुमन र बिपना राई चयन भएका छन् । यस्तै, सचिबमा मनी राई, सहसचिबमा पन्नालाल बिक र कोषाध्यक्षमा नबराज राई रहेका छन् । कार्यक्रममा समाजवादी विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष विवेक राई, सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख प्रकाश चाम्लिङ, किरात प्रदेश काठमाडौ सम्पर्क समिति अध्यक्ष मनकाजी राई, विद्यार्थी फोरमका केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज रविन खम्बू लगायतको सहभागिता रहेको थियो ।
नबगठित समितिले खोटाङ र काठमाण्डौंका बिद्यार्थीसँग सम्पर्क–समन्वय गर्नका साथै काठमाण्डौंमा रहेका खोटाङका बिद्यार्थीलाई संगठित गराउने बिद्यार्थीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज रबिन खम्बुुले जनाए ।
नवगठित समितिलाई केन्द्रीय अध्यक्ष राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post