sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» »Unlabelled » प्रअ नियुक्तीमा असन्तुष्टी जनाउँदै विद्यालयमा तालाबन्दी

केदार मगर,खोटाङ-२ असोज, प्रधानाध्यापक नियुक्तीमा असन्तुष्टी जनाउँदै स्थानीय केही व्यक्तिले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माविमा ताला लगाएका छन् । तत्कालीन प्रधानाध्यापक जुद्धबहादुर राई अनिवार्य अवकास भएपछि विद्यालय व्यवस्थापन समितिले देवान राईलाई रिक्त पदमा नियुक्त गरेपछि असन्तुष्ट पक्षले सोमबार बिहानबाट अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । 
स्थानीय डिल्ली श्रेष्ठ, विशाल श्रेष्ठ लगायतका युवाहरुले विद्यालयमा तालाबन्दी गरेपछि विद्यालयमा तनाव सिर्जना भएको छ । विद्यालय समयअघि नै स्थानीयले तालाबन्दी गरेपछि विद्यालयमा अध्ययनरत ४१७ जना विद्यार्थीको बिचल्ली भएको छ । 
विद्यालय तालाबन्दी भएको जानकारी पाउँना साथ दुवै पक्ष छलफलमा बसेर समस्या समाधान गर्न निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताउनुभयो । “कुनै पनि बहानामा विद्यालय बन्द गर्नुपाइँदैन ।” उहाँले भन्नुभयो, “अहिले के भइरहेको छ, पछिल्लो जानकारी आउन बाँकी छ ।”  
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार तामाङ लगायतले प्रक्रिया नुप¥याइ निमावि शिक्षक राईलाई नियुक्त गरेकाले तालाबन्दी गरिएको बन्दकर्ता डिल्ली श्रेष्ठले बताउनुभयो । “विव्यास अध्यक्षले प्रक्रिया मिचेर आफूखुसी प्रअ नियुक्त गरेको छ ।” उहाँले भन्नुभयो, “गलत प्रक्रियाको बिरोधमा विद्यालय तालाबन्दी गरिएको हो ।” 
विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये वरियता क्रममा सबैभन्दा पहिलो स्थानमा रहनुभएकालाई प्रधानाध्यापक नियुक्त गरिएको विव्यास अध्यक्ष तामाङले बताउनुभयो । “तत्कालीन प्रअ अवकास भएपछि सहमतीका लागि हप्ता दिनको समय दिइएको थियो ।” उहाँले भन्नुभयो, “प्रअका लागि चार जना आकांक्षीमध्ये सबैभन्दा पहिलो स्थानमा रहनुभएका देवान राईलाई विधिसम्बत रुपमा प्रअमा नियुक्त गरिएको हो ।”
तत्कालीन प्रधानाध्यापक राई गत भदौ १६ गतेबाट अनिवार्य रुपमा अवकास हुनुभएको थियो । प्रअको अनिवार्य अवकासपछि रिक्त पदमा विद्यालय व्यवस्थापन समितिले देवानलाई २० गते नियुक्त गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post