sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » स्वास्थ्य मन्त्री पाेखरेललाई कार्यक्रम सञ्चालकले राई भनेपछि पछि.......!

काठमाडाैं ३ असाेज
कार्यक्रम १ बजे भनिएकाे थियाे । २ बज्नै लाग्दा सुरू भयाे । तर कार्यक्रममा स्वास्थ्यमन्त्री समेत रहेका नेता गिरिराजमणी पाेखरेललाई राई भनेर सम्बाेधन गरियाे जसले हल नै हाँसाेमा परिणत बन्याे ।
नेकपा माअाेवादी केन्द्र खाेटाङ-काठमाडाैं सम्पर्क समितिद्वारा काठमाडाैंमा अायाेजित प्रशिक्षण तथा चियापान काठमाडाैंमा स्वास्थ्य मन्त्री पाेखरेललाई भुलबश राई भनिएकाे हाे ।
कार्यक्रमकाे मुख्य अतिथि पाेखरेल र विशेष अतिथि नेता टंक राईलाई बनाईएकाे थियाे। दुवै जना अाउन ढिला गरेपछि उनी अाइ नपुग्दै कार्यक्रम सुरू गरिएकाे थियाे । कार्यक्रम सुरू भएकाे केही छिनमा मन्त्री पाेखरेल र नेता राई कार्यक्रम हल भित्र प्रवेश गरे । त्यतिबेला उदघाेषकले अलिक ठुलाे स्वरमा प्रमुख अतिथि अाइपुग्नु  भएकाे छ । 
स्वास्थ्यमन्त्री गिरिराजमणी पाेखरेललाई भन्न पर्नेमा उदघाेषक हाैसिएर राई भन्न पुगे । तत्काल नै उदघाेषकले गल्ती सच्याए । तर हल हाँसाेमा परिणत बनिसकेकाे थियाे । मन्त्री पाेखरेल समेत खिस्स हाँसे । हाँसाेकै बिच उनलाई खादा अाेढाइयाे । अनि कार्यक्रम अघि बढ्याे । कार्यक्रममा प्रशिक्षणसँगै चियापान गराईएकाे थियाे ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post