sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘हामी पनि आन्दोलित हुनुपर्ने हो ?’

खोटाङ असोज–५,  “पत्रकार साप ! कल गर्दैछु । ए हजुर, त्यो खार्मीको बारेमा कस्ले रिपोर्ट दे’को हो ? मलाई भन्नुप¥¥यो । किनकी मिस्टेक भए छ के । त्यो मिटिङ आज नसक्नु भनेर सबै निस्किसकेको अनि अध्यक्षले मनोमानी  गरेको कुरा खै ? त्यो सच्याउनुप¥यो है । की ? पत्रकारहरुले मनपरी भनेर हामी पनि आन्दोलित हुनु पर्ने हो ?”
    यो हाम्रो खोटाङ डट कमका सम्पादकको मोबाईल म्यासेज बक्समा आएको समाचार खण्डन हो । ‘ताला लगाउने ब्यक्तिले नै खोले तालाबन्दी बिद्यालय’ भन्ने शीर्षकमा पोष्ट भएको समाचारलाई ईङ्ंगित गर्दै पठाईएको खण्डन हो यो । कालिका माबि खार्मीको प्रअ नियुक्ति सम्बन्धमा गत भदौ बीस गते बसिएको छलफल नटुङ्गी नै सबै सहभागी निस्केको भए पनि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले आफुखुसी निर्णय गरी प्रअमा रुपाकोट मझुवागढी–२ सोल्माका देवान राईलाई सिफारिस  गरेकोमा बिरोध स्वरुप बिद्यालयमा ताला लगाईएको भन्ने नखुलाईएकोमा खण्डन गरिएको बन्दकर्ता डिल्ली श्रेष्ठले बताउनुभएको छ । आफु खार्मीको हीतको लागि लडिरहेको कुरा समेत म्यासेज बक्समा उल्लेख गरिएको छ । यस अघि उक्त बिद्यालयको प्रधानाध्यापकमा स्थानीय शिक्षक नै नियुक्त गर्नुपर्ने भन्दै रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माबिमा लगाईएको ताला स्वयम बन्दकर्ताले खोलेका छन् भन्ने समाचार पोष्ट भएका थिए । समाचारमा स्थानीय शिक्षकहरु नै योग्य हुँदाहुँदै बाहिरका शिक्षकलाई प्रअ देवान राई बनाईएको भन्दै स्थानीय बिशाल श्रेष्ठ र डिल्लीप्रसाद श्रेष्ठले सोमबार बिहान लगाएको बिद्यालयको ताला प्रहरीको उपस्थितीपछि स्वयम ब्यक्तिले खोलेको भन्ने समाचार पोष्ट भएको थियो । 
 प्रहरीको उपस्थितीपछि जिल्ला शिक्षा कार्यालयको सम्पर्क तथा समन्वयमा छलफल गरी सोमबारकै दिन अपरान्ह ताला खोलिएको थियो थिए ।
 तत्कालीन प्रधानाध्यापक युद्धबहादुर राई अनिवार्य अवकास भएपछि विद्यालय व्यवस्थापन समितिले सोही बिद्यालयमा शिक्षण गर्दै आउनुभएका रुम नपा–२ सोल्माका देवान राईलाई सो पदमा नियुक्त गरेपछि असन्तुष्ट बनेका श्रेष्ठद्वयले सोमबार बिहान ताला लगाएका थिए ।
विद्यालय समयअघि नै तालाबन्दी गरेपछि विद्यालयमा अध्ययनरत ४ सय १७ जना विद्यार्थीको बिचल्ली भएको थियो । 
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार तामाङ लगायतले आफुहरुसँग प्रशस्त छलफल नगरी निमावि शिक्षक राईलाई नियुक्त गरेकाले तालाबन्दी गरिएको बन्दकर्ता डिल्ली श्रेष्ठको तर्क छ । “विव्यास अध्यक्षले छलफल तथा निर्णयको माईन्युट क्लोजिङ नगरीएकै अवस्थामा आफूखुसी प्रअ नियुक्त गरेकोले ताला लगाउनु परेको हो ।” श्रेष्ठ भन्नुहुन्छ–“स्थानीय शिक्षक नै प्रअ बनाईनुपर्छ भन्ने हाम्रो कुरा हो ।”
विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये वरियताकै आधारमा प्रधानाध्यापक नियुक्त गरिएको विव्यास अध्यक्ष सुरेश तामाङको भनाई छ । “तत्कालीन प्रअ अवकास भएपछि सहमतीका लागि हप्ता दिनको समय दिइएको थियो ।” उहाँले भन्नुभयो, “प्रअका लागि चार जना आकांक्षीमध्ये सबैभन्दा पहिलो स्थानमा रहनुभएका देवान राईलाई विधिसम्बत रुपमा प्रअमा नियुक्त गरिएको हो ।”
असन्तुष्ट तथा ब्यवस्थापन पक्ष लगायत बिद्यालय प्रशासनलाई छलफलको लागि बुधबार जिल्ला शिक्षा कार्यालय बोलाईए पनि सम्बन्धित ब्यक्तिहरुको अनुपस्थितश िरह्यो ।  जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठका अनुसार विद्यालय तालाबन्दी भएको जानकारी पाउँना साथ दुवै पक्ष छलफलमा बसेर समस्या समाधान गर्न निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी श्रेष्ठले बताउनुभएको छ । कुनै पनि बहानामा विद्यालय बन्द गर्नु नपाइँने भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिईएको बताईएको छ ।
तत्कालीन प्रधानाध्यापक राई गत भदौ १६ गतेबाट अनिवार्य रुपमा अवकास हुनुभएको थियो । प्रअको अनिवार्य अवकासपछि रिक्त पदमा विद्यालय व्यवस्थापन समितिले देवानलाई २० गते नियुक्त गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post