sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » बैदेशिक रोजगार छात्रबृत्तिका लागि निबेदन आब्हान

खोटाङ असोज–१०, बैदेशिक रोजगारीका क्रममा रहेका अभिभाबक गुमाउने बालबालिकाका लागि प्राप्त हुने यो बर्षको छात्रबृत्तिका लागि निबेदन आब्हान गरिएको छ । बैदेशिक रोजगारीका क्रममा करार अवधीमा मृत्यु भएका वा पुर्ण रुपमा अशक्त भएका अभिभाबकका कक्षा–१२ सम्म अध्ययनरत बालबालिकाका लागि बैदेशिक रोजगार प्रबद्र्घन बोर्डले प्रदान गर्ने छात्रबृत्तिका लागि सम्बन्धित बिद्यालयमा निबेदन  पेश गर्न सम्बन्धितलाई  सूचना प्रबाह गरिएको हो ।

बैदेशिक रोजगार छात्रबृत्ति सञ्चालन कार्यबिधि २०७१ को अनुसूचि १ बमोजिमको ढाँचामा २०७४ मंसिर मसान्तभित्र निबेदन पेश गर्न बोर्डको सचिवालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ । आधारभूत तह वा कक्षा ८ सम्मका बिद्यार्थीका लागि एक मुष्ट बार्षिक ८ हजार र माध्यमिक तह अर्थात १२ कक्षासम्मका बालबालिकालाई १२ हजार रुपैंयाँ जिल्ला शिक्षा कार्यालयमार्फत प्रदान गर्ने गरिएको छ ।  

निबेदनको साथमा अभिभाबकको श्रम स्विकृतिको प्रतिलिपी, बैदेशिक रोजगारमा गई मृत्यु भएको खुल्ने मृत्यु दर्ता वा पुर्ण रुपमा अशक्त भएको खुल्ने कागजात, राहदानीको प्रतिलिपी, नाता प्रमाणितको प्रतिलिपी, बालबालिकाको संरक्षकको नागरिकताको प्रतिलिपी तथा सम्बन्धित स्थानीय तहको सिफारिस पत्र संलग्न गर्नुपर्ने उल्लेख छ ।
खोटाङमा अघिल्लो बर्षका २२ निबेदकहरुका लागि छात्रबृत्ति रकम आईसकेका छन् । 
दायाँ हेर्नुहोस : गोरखापत्र दैनिकमा प्रकाशित सूचना  । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post