sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » सम्पादक समाजका अध्यक्ष आचार्यलाई सम्मान

खोटाङ असोज–३,  प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भइसकेका सम्पादक समाज खोटाङका अध्यक्ष वरिष्ठ पत्रकार कृष्ण आचार्य सम्मानित भएका छन् । खोटाङको पत्रकारिता क्षेत्रको बिकासमा उल्लेख्य योगदान पु¥याएको भन्दै आचार्यलाई संविधान दिवसको अवशरमा जिल्ला समन्वय समितिले मंगलबार सम्मान गरेको हो ।
‘नब सम्बाद पाक्षिक’का सम्पादक ६२ वर्षीय पत्रकार आचार्यलाई नेपाल पत्रकार महासंघले २५ औँ महाधिवेशन उदघाटनका अवशरमा भदौ ४ गते प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।
पत्रकार आचार्यलाई जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङ लगायतले खादा र अविर लगाइदिएर सम्मान प्रदान गरेका हुन् ।
यस्तै, कार्यक्रममा ‘संविधान र संविधानको जन्म’ विषयक अन्तरक्रिया कार्यक्रममा विषयान्तर नगरी छोटो समयमा आफ्नो भनाई राखेकामा आदिबासी जनजाती महासंघ खोटाङका अध्यक्ष हात्तीराम राई सम्मानित भएका छन् । राईले ३ मिनेटको निर्धारित समयमा विषयवस्तुका विषयमा १४ सेकेण्ड अगावै आफ्नो भनाई राख्न सफल भएकामा सम्मान पाएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post