sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » “अन्यायमा परेकालाई न्याय मिलोस् !” : दशैंको शुभकामना

खोटाङ असोज–५, खोटाङ क्षेत्र नम्बर–१ बाट निर्बाचित सांसद पाँचकर्ण (पीके) राईले आउँदै गरेको बडा दशैंको अवसरमा अन्यायमा परेका जिल्लाका नागरिकले न्याय पाउन् भन्ने कामना गरेका छन् । नेकपा एमाले जिल्ला कार्य समितिले बिहिबार आयोजना गरेको दशैं, तिहार, छठ तथा उधौली चाडपर्बका शुभकामना कार्यक्रममा बोल्दै सांसद राईले शक्तिपीठहरुलाई सम्झना गर्दै मनाईने यी चाडपर्बका अवसरमा अन्यायमा परेका जिल्लाबासीलाई न्याय मिलोस् भन्ने कामना गरेका हुन् । 
दशैंको शुरुवात भएको घटस्थापनाको दिन सांसद राईले फरक फरक समयमा हत्या भएको जिल्लाका महिलाहरुको हत्यारा पत्ता लगाउन नसेको प्रशंग उठाउँदै यी चाडपर्बको अवसरमा ती चेलीहरुको हत्यारा पत्ता लगाई अन्यायमा परेकालाई न्याय दिलाउन सकियोस् भन्ने कामना गरे ।  सांसद राईले हत्या भएको ६ महिनासम्म पनि अपराधी पत्ता लगाउन नसकेको लिच्किराम्चेकी रीता तामाङ, गत साउन–४ गते मृत फेला परेकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी देवी बिक तथा फरक समयमा हत्या भएको अशंका गरिएको हलेसी तुवाचुङकी ज्ञानीमायाँ बिकको हत्यारा पत्ता लगाई कार्बाहीको दायरामा ल्याउन सकियोस् भन्ने कामना गरेका छन् । सुरक्षा निकायलाई ईंगित गर्दै राईले शक्तिका प्रतिकका रुपमा लिईने चेलीहरुको हत्यारा तत्काल पत्ता लगाई कानुनी दायरामा ल्याउन हामी सबैको कर्तब्य भएको बताए । 
प्रमुख अतिथि सांसद पीके राईले खोटाङको समृद्घिको लागि सबै एक ढिक्का भएर लाग्ने सत्कर्म प्रारम्भ गर्न तथा एक जुट हुन सकौं भन्ने शुभकामना ब्यक्त गरे । 
कार्यक्रममा बिशेष अतिथिका रुपमा निम्त्याईएको पुर्ब सांसद कुलप्रसाद फुयाँलले दशमी नआई नै टिका लगाउन प्रचलन एमालेले ल्याएको भन्दै चाडपर्बको औचित्य नघटाउन सुझाब दिए । नेकपा मालेका फुयाँलले बिजय दशमीकै दिन मात्र टिका लगाउँदा औचित्य हुने हुनाले त्यसमा बिचार गर्न एमालेलाई अनुरोध गरे । पुर्ब सांसद फुयाँलले जिल्लाको बिकासको सन्दर्भ कोट्याउँदै एमाले जिल्लाको ठुलो पार्टी भएकाले नेतृत्व गर्दै सबैलाई समेटेर अगाडी बढ्ने प्रयास गर्नुपर्ने धारणा राखे ।  
एमाले जिल्ला कमिटीको भवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कार्यालय प्रमुख, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत एमालेका नेता कार्यकर्ताको उपस्थिती थियो । दशैंको शुरुवात भन्दै कार्यक्रममा सद्भाबको टिका लगाईएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post