sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » खोटाङमा पाठेघर खस्ने समस्याको बिकराल रुप

खोटाङ  भदौ–२३,  चासो र चर्चा नहुँदा बाहिर नदेखिए पनि खोटाङमा पाठेघर खस्ने समस्या भएका महिलाहरु ठुलो संख्यामा रहेको पाईएको छ । बिभिन्न कारण आफ्नो समस्याबारे नबताउने भएकाले जिल्लाका १७ प्रतिशत महिलामा मात्र यस्तो समस्या भएको उल्लेख भए पनि यथार्थमा जिल्लामा यो समस्याले बिकरालल रुप लिएको पाईएको हो ।
      जिल्लाका ४ वटा वडामा मात्र करिब २ सय जना महिला पाठेघर खस्ने समस्याबाट पीडित पाईएको महिला प्रजनन् अधिकार कार्यक्रम बाताबरणीय कृषि तथा बिकास केन्द्र (केड)ले हालै तथ्याङ्क सार्बजानिक गरेको छ । जिल्लाका उत्तरी गाउँपालिका ऐसेलुखर्क १ राखा, केपिलासगढी ६ दिप्सुङ तथा दक्षिणी गाउँपालिका दिप्रुङका १ नम्बर याम्खा र ७ नम्बर टेम्माका एक सय ८६ जना महिलामा पाठेघर खस्ने समस्या पाईएको केडका जिल्ला संयोजक सुजता श्रेष्ठले बताए ।
 श्रेष्ठका अनुसार तथ्याङकमा त्यति देखिए पनि यस ठाउँका अधिकांश महिलाले पारिवारिक, सामाजिक कारण आफ्नो समस्या लुकाएर राख्ने हुनाले ठुलो संख्यामा यो समस्याबाट पीडित महिलाहरु छन् । शुक्रबार दिक्तेलमा आयोजित आङ खस्ने सवाल र प्रजनन अधिकार विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा केन्द्रले अधिकांश महिलाले पाठेघर खस्ने समस्यालाई लुकाई रहेको पाइएको जनाएको हो । पहिचान भएका अधिकांश महिलाको आङ योनीको मुखमा वा योनी बाहिरै निस्किसकेको पाइएको संयोजक श्रेष्ठको भनाई छ ।
 पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनिकरणका क्षेत्रमा ३ बर्षदेखि जिल्लामा काम गर्दै आएका वाताबरण कृषि तथा विकास केन्द्र (केड) का अनुसार यो समस्या बढ्नुमा मुख्य कारण सामाजिक संरचना बनेका छन् । बालबिवाह, छोटो अवधीमा सन्तान जन्माउनु, गरिबी, महिलाको कामको प्रकृति वा गह्रौं काम गर्र्नुुपर्ने बाध्यता, लगायत बिबिध कारण यो समस्या बढेको बताईको छ । अर्कोतर्फ सरकारले रोकथामको उपाय वा सचेतनामुलक कार्यक्रम सञ्चालन नगरीकन पाठेघर खसेपछि काटेर फालिदिने अर्थात उपचार मात्र गर्ने गर्नाले पनि यो समस्या यथावत रहेको यस क्षेत्रमा काम गरिरहेका निकाय बताउँछन् । 
तथापी, बिभिन्न सरोकारवाला निकायहरुसँग समन्वयमा केडले सञ्चालन गरेको बिद्यालय तथा समुदाय केन्द्रीत बिभिन्न सचेतनामुलक कार्यक्रमका कारण प्रजनन् अधिकारका बिषयमा खुलेर कुरा गर्ने तथा समस्याको न्युनिकरण गर्ने कार्यमा स्वयम् समुदाय अग्रसर हुन थालेको पाईएको छ । लजाउने, धकाउने, श्रीमानले अपहेलना गर्लान् भनेर डराउने, समाजमा बेईज्जत होलान् भन्ने जस्ता शंका, त्रासका कारण समस्या लुकाउने कुराहरुमा तुलनात्मक हिसाबले कमी आएको यससँग सम्बन्धित काम गर्ने निकायको प्रतिबेदन छ ।
यो अभियान सफल बनाउन राखा र दिप्सुङमा जिल्लामा स्थापित गैरसरकारी संस्था ग्रामिण युवा सशक्तीकरण तथा अनुसन्धान केन्द्र अनि याम्खा र टेम्मामा एकीकृत बिकास मञ्च खोटाङले बाताबरणीय कृषि तथा बिकास केन्द्र (केड) सँग सहकार्य गरिरहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post