sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » कांग्रेस खोटाङले ३० हजार नयाँ साधारण सदस्यता बितरण गर्ने

खोटाङ भदौ–२४, काग्रेस खोटाङले निर्बाचन केन्द्रीत गरेर तत्कालै ३० हजार कार्यकर्तालाई नयाँ साधारण सदस्यता वितरण गर्ने तयारी गरेको छ ।

संघ र प्रदेशको निर्वाचन तयारीका लागि तत्काल संगठन सुदृढिकरण अभियान चलाउने जनाउँदै नेपाली कांग्रेस जिल्ला कार्य समितिले यस्तो बताएको हो ।

कांग्रेसले शनिबार १०३ औं बिपी जयन्तीलाई पनि आगामी मंसिर १० गते हुने भनिएको संघ र प्रदेशसभाको निर्वाचन केन्द्रीत नै गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये बराहपोखरी गाउँपालिका बाहेकका पालिकामा जयन्ती मनाउनका लागि जिल्लाका अधिकांश नेता पुगेको कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले जनाए ।

जयन्तीका क्रममा भेला हुने कांग्रेस नेता तथा कार्यकर्ता बीचमा कार्यकर्ता प्रशिक्षण, स्थानीय तहको निर्वाचनको समीक्षा, संघ र प्रदेश निर्वाचनको तयारीका लागि रणनीति निर्माण गर्दै परिणाम आफ्नो पक्षमा पार्नका लागि आधार निर्माणका कार्यक्रम गरिएको महासमिति सदस्य राईको भनाई छ ।

निर्वाचन तयारीकै लागि कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा भदौ २७ र २८ गते बराहपोखरी गाउँपालिकामा प्रशिक्षण कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post