sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » देशले स्थायित्व पाउन संघ र प्रदेशको निर्बाचन सम्पन्न हुनुपर्छ : प्रधानमन्त्री देउवा


खोटाङ भदौ–३१, प्रधानमन्त्री शेरबहादुर देउवाले अब हुने संघ र प्रदेशको निर्वाचनपछि मात्र देशले स्थायीत्व पाउने बताएका छन् । शनिबार खोटाङ र उदयपुर जोड्ने धाप्लाङस्थित सुनकोसी नदीको मोटरेवल पक्की पुल शिलान्यास गर्दै प्रधानममन्त्री देउवाले उक्त दुई निर्बाचनपछि देशले स्थायित्व पाउनका साथै विकासले अपेक्षित गति लिने बताएका हुन् ।

खोटाङको दक्षिणी क्षेत्र बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल शिलान्यासका क्रममा छोटो सम्बोधन गर्दै उक्त पुल निर्माण भएपछि खोटाङको आर्थिक र भौतिक बिकासले गति लिने प्रधानमन्त्रीको भनाई थियो । हेलिकप्टर मार्फत प्रधानमन्त्री देउवा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीरवहादुर वलायर, कांग्रेस नेता डा. नारायण खड्का सहितको टोली पुल शिलान्यासका लागि आएका थिए । 

२२ करोड ५ लाखको लागतमा २ सय मिटर लम्बाई र साँढे १० मिटर चौडाईको पक्की पुल शिलान्यास कार्यक्रममा खोटाङका सांसद विशाल भट्टराई, पीके राई, सरस्वति वजिमय, पुर्व राज्यमन्त्री शिवकुमार वस्नेत, कांग्रेस महासमिति सदस्य विष्णुकुमार राई लगायत धाप्लाङघाट पुगेका थिए ।

२०७६ असार सम्ममा निर्माण सम्पन्न गर्ने भनिएको उक्त पुल सुचारु भए पछि जिल्लाका दक्षिणी क्षेत्रका स्थानीयका साथै भोजपुरबासीलाई तराईका जिल्ला आवतजावत गर्न सहज हुने बताईएको छ । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post