sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » पुर्बेली मौलिक भाकातर्फ युवा पुस्ताको मोह....

रामधन राई-खोटांङ

     “खोली दोभान , भेटै भो–भेटै भो,                                 मायाँ छ रुमालैमा, 

    दुई ढुंग्रो मायाँ ,एकै भो–एकै भो ,                             मायाँ छ रुमालैमा,,,, !”
   खोटाङका युवा गायक तथा संगीतकार पदम थुलुङ र खोटाङकै चर्चित गायिका सरला राईको स्वरमा हालै रेकर्ड भएको पुर्बेली लोक जुहारी भाकाको एक अंश हो यो । यो भाका पुर्बी पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगायतका गाउँबस्तीहरुमा बिशेष–बिशेष समयमा गाउँदै आईएको मौलिक भाका भए पनि ब्यवसायिकताका लागि रेकर्ड भने हालै मात्र गरिएको हो । 
नाता, आफन्त, ईष्टमित्र भेटघाट हुँदा होस् या छुट्ने बेलामा अर्थात चाडपर्ब, हाटबजार मेलापर्ममा जुहारी खेलिने यस भाकाले आफ्नै मौलिकता तथा झर्रो स्वाद बोकेको हुनाले यस्तो भाकाप्रति मोह जागेको निर्माता युवाद्वय बसन्त राई र दिनेश राईको बुझाई छ । सोलुखुम्बुका युवा पत्रकार तथा संस्कृतिकर्मी गणेशकुमार राईको संकलन रहेको यस भाकामा स्वयम् पदम थुलुङको लय रहेको छ । भिडियोमा समेत उतार्ने तयारी भईरहेको यस पुर्बेली भाकामा आफ्नोपन भेटिने निख्खर स्वाद बोकेको हुनाले ब्यवसायिक रुपमा समेत सफलता हात पार्ने निर्माण सम्बद्घ संगीतकर्मी तथा संस्कृतिकर्मीहरुको धारणा छ । 
मायाँ  छ  रुमालैमा,,,, !”
यो भाका रेकर्ड भएको सोही ललितपुरस्थित एक स्टुडियोमा केही दिन अगाडी आईपुगेका थिए खोटाङ दिक्तेलबजारको युवा नोछुङ (धामी) धनिराम राई र  चर्चित गायिका पार्बती राई पनि । उनीहरुले पनि धनिरामकै शब्द तथा लय संकलन रहेको एक पुर्बेली जुहारी भाका रेकर्ड गराएर बाहिर निस्के । उत्साहपुर्बक रेकर्ड भएको भाका खोटाङको ऐतिहासिक  दिक्तेलबजारको सेरोफेरामा गाँसिने मायाँ पिरतीमा बाँधिएका छन् ।
“ लाएँ नजर–लाएँ नजर ,
घर हाम्रो खोटाङ –दिक्तेलबजार..... ।”
यातायात ब्यवसायमा समेत संलग्न राईको यो जुहारी भाकाले खोटाङ आवत–जावत गर्ने बस तथा जीपका यात्रुलाई प्रशस्तै मनोरञ्जन दिनुका साथै जिल्लाको परिचय झल्काउँदै ब्यवसायिकतामा समेत लय समाउने अपेक्षा गरिएको छ । 
गीत रेकर्डकै क्रममा भेटिएका समाजसेवी, साहित्यकार एबम् साँस्कृतिक अभियन्ता भोगेन राईका अनुसार यस्ता भाकाहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । अब यस्तै मौलिक भाकाहरुबाट ब्यवसायिक रुपमा दक्षता हासिल गर्न सकिने सम्भावना रहेको राईको भनाई छ । बजारका लागि मात्र रेकर्ड हुने सामान्य गीतहरु भन्दा यस्ता भाकाहरुमा गहन र दोहोरो–तेहोरो महत्व रहने संस्कृतिकर्मीहरु बताउँछन् । अब तीनै हाम्रा पुर्खाहरुले गाएर ल्याएका दुखुम–सुखुम, तीनै अघिल्लो पुस्ताले सुनिल्याएका मौलिक भाकाहरु, उ जमानामा गाईने पिरतीको लय र टुक्का नै किन नहुन् यस्तै गीतसंगीतले पनि गहकिलो अर्थ र सम्भावना राख्ने पुर्बेली गीतसंगीतकर्मीको धारणा छ ।

“एक दामको मेथी नि दुई दामको जिरा,

झम्के मायाँलुलाई
तीन दामको लसुन, झम्के मायाँलुलाई ।
पान्धारे मेला नि भेट भा’को बेला 
झम्के मायाँलुलाई,
एकै छिन बसँुन झम्के मायाँलुलाई .....।”
खोटाङकै युवा गायक निश्चल राई र चर्चित गायिका जानुका राईले गाएको यो जुहारी भाका पनि हालसालै बजारमा आएका हुन् । दिवाकर राईको शब्द तथा संगीतमा सुम्निमा कलेक्सनको कपिल राईले निर्माण गरेको यो पुर्बेली गीति भिडियो संग्रहको पनि यतिखेर देश बिदेशमा चर्चा छ । भोजपुर र खोटाङको बीचमा पर्ने पान्धारे मेलालाई केन्द्र बनाई सोही सेरोफेरो चित्रण गरिएको गीति भिडियोलाई युवराज राईको क्यामेरा र रोशन राईको निर्देशनले पनि उत्तिकै जीवन्त बनाएका छन् । यी त केही नमुना हुन् । पछिल्लो पुस्ताका गीतसंगीतकर्मीहरु लोक गीतसंगीतमा पनि पुर्बेली मौलिक भाकाहरुमा लोभिएको पाईन्छन् ।
उसो त अघिल्लो पुस्ताका गीतसंगीतकर्मीले पनि यस्ता भाकाहरु, यस्ता जुहारी वा दोहोरी भाकाहरु नगाएका होईनन् । उनीहरुले गाएका दर्जनौं मौलिक पुर्बेली गीतसंगीतहरु अमर बनी जनजीब्रोमा झुण्डिएका छन् । उसैमाथि अहिलेका युवा पुस्ता समेत मौलिक संस्कृति, परम्परा, ऐतिहासिकता यी यस्ता महत्वपुर्ण पक्षहरुको अध्ययन तथा खोज अनुसन्धान गर्ने प्रयत्न गरी सुझबुझका साथ यस्ता भाकाहरुको संकलन तथा रेकर्ड गर्नु गर्ब लाग्दो कुरा भएको अग्रज कला संस्कृतिकर्मीहरु सुनाउँछन् ।  




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post