sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » रुपाकोट रेडियोमा आगलागी, ठूलो क्षतिबाट जोगियो

 खोटाङ भदौ–२२,  खोटाङमा सञ्चालित रुपाकोट सामुदायिक रेडियोको दिक्तेलबजार स्थित अपलिङ्क स्टुडियोमा आगालागी भएको छ ।

बैकल्पिक बिद्युत आपुर्तिको लागि जडान गरिएको सोलारको ब्याट्री तथा ईन्भोटर राखिएको कोठामा अचानक आगो उत्पन्न हुँदा केही ब्याट्री लगायतको उपकरणमा क्षति पुगी अपलिङ्क कार्य बन्द भएको स्टेशन म्यानेजर सुर्य तामाङले बताए ।

दिक्तेलबजारस्थित उक्त स्टुडियो गए रातिसम्म प्रयोग गरी बन्द गरेको अवस्थामा एक्कासी आगो लागेको थाहा पाएपछि स्थानीय नबराज जोशीले तत्कालै निभाउन सफल भएकाले ठुलो क्षतिबाट जोगिएको म्यानेजर तामाङको भनाई छ ।


स्टुडियोको चाबी जोशीको घरमा छाडिएकाले पनि तत्कालै ढोका खोलेर पानीले निभाउन सफल बनेको बताईएको छ । राती अबेर रेडियोको कर्मचारीले बन्द गरेको स्टुडियो घरको कोठामा सोलारको पावर सर्ट भएर आगालागी भएको आशंका गरिएको छ । आगालागीबाट २२ थान सोलार, सो सोलारको ब्याट्री, ईन्भोटर, स्टुडियोको सम्पुर्ण उपकरण लगायत घर नै नष्ट हुनबाट भाग्यबस बचेको आगो निभाउने जोशीले बताउनुभयो । केही क्षति भए पनि रेडियो भने मुख्य स्टुडियोबाट नियमति प्रशारण हुने जनाईएको छ ।

२०६४ सालदेखि सञ्चालित रेडियो केही बर्षदेखि आंशिक रुपमा दिक्तेलबजारबाट अपलिङ्क गरी प्रशारण हुँदै आएकोमा आगालगी भएको समयमा भने मुख्य स्टेशन मुढे डाडाँबाटै प्रशारण भईरहेको थियो ।

तत्कालै नष्ट भएको सामाग्री मर्मत तथा खरिद गरी चाँडै नै सम्पुर्ण प्राबिधिक तयारी पुरा गरेर दिक्तेलबजार र मुढेडाडाँस्थित स्टेशनबीच पुर्ण रुपमा अपलिङ्क गराउने रेडियोले जनाएको छ । दक्षिण एसियाकै सबै भन्दा बढी शेयर सदस्य रहेको भनिएको ५ सय वाट क्षमताको रुपाकोट रेडियोको मुख्य स्टेशनमा चट्याङले समेत पटक–पटक क्षति पु¥याउँदै आएको छ ।
४ हजार बढी जिल्लाबासीको शेयर रहेको रेडियोले दैनिक ११ घण्टा प्रशारणको ईजाजत लिएर सञ्चालनमा रहेको छ । ९६ थोप्लो ६ मेगाहर्जबाट सुन्न सकिने रेडियो प्रबिधि तथा श्रोताका माग अनुरुप पुर्नब्यवस्थापनको अन्तिम चरणमा रहेको भनाई छ । 



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post