sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ज्वाईंको सांघातिक आक्रमणबाट ससुरा घाईंते

खोटाङ भदौ–२६, खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा ज्वार्इंको सांघातिक आक्रमणबाट ससुरा घाईते भएका छन् ।  उक्त नगरपालिका–१५ विजयखर्क बसेरीका ज्वाँई गणेश खनालको सांघातिक आक्रमणबाट सोही नगरपालिका–३ बाम्राङका पदमबहादुर पाण्डे घाईते भएका हुन् ।

खनालले ससुरालीमै आएर आईतबार विहान सुतीरहेकै ठाउँमा लट्ठी र खुकुरीले ससुरालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट टाउका, ढाड र खुट्टामा चोट लागेको पाण्डेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । सुरुमा लट्ठीले टाउकामा प्रहार गरेपछि खुकुरीले आक्रमण गरेको घाईते पाण्डेको भनाई छ । श्रीमती हराएको विषयमा ससुरासँग विवाद भएपछि उनले आक्रमण गरेको आफन्तले बताएका छन् ।

 आक्रमणबाट ठाउँ–ठाउँमा चोट भएपनि पाण्डेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । ज्वाँईबाट घाईते बनाइएका पाण्डेले आईतबार नै घा जाँच केस फारमका लागि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका सई मनोज यादवले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post