sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » रुम नपा आवतजावत गर्ने १५ सडकखण्ड मर्मतको तयारी

खोटाङ असोज–२,  खोटाङको रुपाकोट मझुवागढी नगरपालिका आवत–जावत गर्ने १५ वटा सडकखण्ड मर्मतको तयारी गरिएको छ । आउँदै गरेको दशैं केन्द्रीत यात्रुको सहजतालाई मध्यनजर गर्दै रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलले नगरसँग जोडिएका बिभिन्न १५ वटा सडकखण्ड मर्मतको तयारी गरिएको हो । 
नगरपालिकाले नियमित रुपमा हरेक महिनाको २ गते आयोजना गर्दै आएको ‘शुसासनको लागि मिट द प्रेस’ कार्यक्रममा सोमबार बोल्दै उपमेयर राईले नगरपालिका आवत–जवात गर्न सहज होस् भन्ने उदेश्यले बिग्रिएका तथा भत्किएका सडकहरु मर्मत गर्ने निर्णय गरिएको बताउनुभयो । उपमेयर राईका अनुसार छलफलबाट नगरसँग जोडिएका सडकहरुमध्ये हुर्लुङ–जालपा–ऐसेलुखर्क, सोल्मा–पाथेका, सोल्मा–खार्मी, दिक्तेलको अस्पतालचोक–लफ्याङ–मात्तिम, बैंकचोक–खानीडाडाँ–ल्याण्डफिल साईड सडकखण्ड मर्मत गर्ने निर्णय गरिएको हो । यस्तै, बुइपाका द्वपञ्चरदोबाटो–बिजयखर्क, दिक्तेलकै अल्सेढुंगा–आचार्यगाउँ बसपार्क, लफ्याङको काहुले–रतन्छा, मध्यपहाडी लोकमार्गमा पर्ने निर्मलीडाडाँदेखि सोही ठाउँको स्वास्थ्यचौकी पनि मर्मत हुने भएको छ । दिक्तेलबजारको बैंकचोकदेखि बाम्राङको कट्टी कटहरे, बाम्राङकै चुप्लादेखि सिमेडाडाँ, दोर्पाको पञ्चमी–नेवारी, लफ्याङको वार्ताम–नर्कटे, बुइपाको पञ्चरदोबाटो–राम्चे र दिक्तेलबजारस्थित अदालतदेखि अस्पतालचोक सडकखण्ड मर्मतको तयारी गरिएको छ । 
‘शुसासनको लागि मिट द प्रेस’ कार्यक्रममा दिक्तेलबजारको सडकपेटीमा ब्यापारीहरुले राखेका अब्यवस्थित सामाग्रीहरु हटाउने समेत जनाईएको छ । कार्यक्रममा कार्यकारी अधिकृत खिलराज राई, २ नम्बर वडाध्यक्ष हर्कबहादुर खत्री, १४ नम्बर वडाध्यक्ष दिनेश राई, नगर कार्यपालिका सदस्यद्वय रमेश परियार र गंगा बिक लगायतको उपस्थिती थियो । कार्यक्रममा बबजारको सडकपेटीमा अस्तब्यस्त सामाग्री हटाउनका साथै उपभोक्ताहरुको स्वास्थ्य तथा सहजतालाई ख्याल गर्दै बजार मूल्य र उपभोग्य सामाग्रीको गुणस्तरीयताको समेत अनुगमन गर्ने तयारी गरिएको जनाईएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post