sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » दिक्तेलबजारबाट २ क्विण्टल म्याद नाघेको खाद्य सामाग्री जफत

खोटाङ असोज–१०, खोटाङ जिल्ला सदरमुकाम दिक्तेल बजारका पसलहरुबाट करिब २ क्विण्टल म्याद नाघेको उपभोग्य सामग्री जफत गरिएको छ । बढी मात्रामा उपभोग्य सामाग्री खपत हुने दशैंको समयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दा २५ वटा पसलबाट म्याद नाघेका बिभिन्न खाद्य सामाग्री जफत गरिएको हो । 
दशै–तिहारको समयमा हुन सक्ने कालोबजारी, मूल्य बृद्धि तथा म्याद नाघेका सामानको बिक्री वितरण लगायत नियन्त्रणका लागि गरिएको अनुगमनका क्रममा गैरव्यावसायिक ढंगले पसलहरु सञ्चालन भएको पाईएको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताए । म्याद नाघेका उपभोग्य सामाग्री बिक्रिबितरण गरेर ब्यापारीले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको पाईएको अधिकारीको भनाई छ । 
सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका २९ किसिमका अखाद्य वस्तु बुधबार प्रशासन, प्रहरी, उद्योग बाणिज्य संघ, कोलेनिका, पत्रकार लगायतको रोहवरमा जलाएर नष्ट गरिएको छ । अनुगमन समितिले कसैलाई जानकारी नदिइ एकै पटकमा तीन ठाउँमा पुगेर छड्के अनुगमन गरेका कारण भारी मात्रामा म्याद नाघेको सामान जफत भएको बताईएको छ । प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले म्याद नाघेका सामान बिक्री गर्ने व्यवसायीलाई छुट नदिने जनाए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post