sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पर्यटन प्रवर्दनका लागि रुपाकोट स्तम्भ विमोचन


खोटाङ असोज –६,  पर्यटन प्रवद्र्धनका विषय समेटिएको पुस्तक ‘रुपाकोट स्तम्भ’ विमोचन गरिएको छ । पर्यटन संरक्षण तथा सम्वद्र्धन समितिले प्रकाशन गरेको पर्यटन पुस्तक बिहिबार जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले विमोचन गर्नुभयो । 
रुपाकोट स्तम्भमा खोटाङका पर्यटकीय स्थल, पर्यटनको सम्भावना, चुनौति, अवसर लगायतका विषय समेटिएको छ । पुस्तकका माध्यमबाट जिल्लामा प्राकृतिक श्रोतको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक श्रोतकारुपमा विकास गर्ने उद्देश्यले अभियान थालिएको समितिका सचिव एलबी मगरले जानकारी दिनुभयो । 
जिल्लाका प्राकृतिक, धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्दै संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि पुस्तक प्रकाशन गरिएको प्रकाशकले जनाएको छ । आदिवासी जनजाति महासंघ खोटाङको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाम्लिङले पुस्तकले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post