sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ताला लगाउने ब्यक्तिले नै खोले तालाबन्दी विद्यालय

खोटाङ असोज–३, स्थानीय शिक्षक नै प्रधानाध्यापक बनाईनुपर्ने भन्दै रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माबिमा लगाईएको ताला स्वयम बन्दकर्ताले खोलेका छन् । स्थानीय शिक्षकहरु नै योग्य हुँदाहुँदै बाहिरका शिक्षकलाई प्रअ बनाईएको भन्दै स्थानीय बिशाल श्रेष्ठ र डिल्लीप्रसाद श्रेष्ठले सोमबार बिहान लगाएको बिद्यालयको ताला प्रहरीको उपस्थितीपछि स्वयम ब्यक्तिले खोलेको बताईएको छ ।  
 प्रहरीको उपस्थितीपछि जिल्ला शिक्षा कार्यालयको सम्पर्क तथा समन्वयमा छलफल गरी सोमबारकै दिन अपरान्ह ताला खोलिएको स्थानीयले बताएका छन् । तत्कालीन प्रधानाध्यापक युद्धबहादुर राई अनिवार्य अवकास भएपछि विद्यालय व्यवस्थापन समितिले सोही बिद्यालयमा शिक्षण गर्दै आउनुभएका रुम नपा–२ सोल्माका देवान राईलाई सो पदमा नियुक्त गरेपछि असन्तुष्ट बनेका श्रेष्ठद्वयले सोमबार बिहान ताला लगाएका थिए ।
विद्यालय समयअघि नै तालाबन्दी गरेपछि विद्यालयमा अध्ययनरत ४ सय १७ जना विद्यार्थीको बिचल्ली भएको थियो । 
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार तामाङ लगायतले आफुहरुसँग प्रशस्त छलफल नगरी निमावि शिक्षक राईलाई नियुक्त गरेकाले तालाबन्दी गरिएको बन्दकर्ता डिल्ली श्रेष्ठको तर्क छ । “विव्यास अध्यक्षले छलफल तथा निर्णयको माईन्युट क्लोजिङ नगरीएकै अवस्थामा आफूखुसी प्रअ नियुक्त गरेकोले ताला लगाउनु परेको हो ।” श्रेष्ठ भन्नुहुन्छ–“स्थानीय शिक्षक नै प्रअ बनाईनुपर्छ भन्ने हाम्रो कुरा हो ।”
विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये वरियताकै आधारमा प्रधानाध्यापक नियुक्त गरिएको विव्यास अध्यक्ष तामाङले बताउनुभयो । “तत्कालीन प्रअ अवकास भएपछि सहमतीका लागि हप्ता दिनको समय दिइएको थियो ।” उहाँले भन्नुभयो, “प्रअका लागि चार जना आकांक्षीमध्ये सबैभन्दा पहिलो स्थानमा रहनुभएका देवान राईलाई विधिसम्बत रुपमा प्रअमा नियुक्त गरिएको हो ।”
असन्तुष्ट तथा ब्यवस्थापन पक्ष लगायत बिद्यालय प्रशासनलाई छलफलको लागि बुधबार जिल्ला शिक्षा कार्यालय बोलाईएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठको भनाई छ । विद्यालय तालाबन्दी भएको जानकारी पाउँना साथ दुवै पक्ष छलफलमा बसेर समस्या समाधान गर्न निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी श्रेष्ठले बताउनुभयो । कुनै पनि बहानामा विद्यालय बन्द गर्नु नपाइँने भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिईएको थियो ।
तत्कालीन प्रधानाध्यापक राई गत भदौ १६ गतेबाट अनिवार्य रुपमा अवकास हुनुभएको थियो । प्रअको अनिवार्य अवकासपछि रिक्त पदमा विद्यालय व्यवस्थापन समितिले देवानलाई २० गते नियुक्त गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post