sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ‘जिल्लाको सुशासनमा प्रतिवद्ध भएर लागी पर्नेछु’: प्रजिअ अधिकारी

खोटाङ, २२ भदौ ।  प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लाको सुशासनमा प्रतिवद्ध भएर लागी पर्ने बताएका छन् ।

सामुदायिक सेवा केन्द्र खोटाङले बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले आफूलाई नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्नमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । 

केन्द्रको कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले जिल्लाको सुशासन र विकास÷निर्माणमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने पनि प्रतिवद्धता जनाए । “सिडिओ एक्लैले केही गर्न सक्दैन ।” उनले भने, “समृद्ध समाज निर्माण र सुशासन कायम राख्न तपाई हामी सबैको उत्तिकै भूमिका हुनुपर्छ ।” 

भर्खरै सरुवा भएर खोटाङ आएका प्रजिअ अधिकारीलाई सामुदायिक केन्द्रका पदाधिकारीका साथै स्थानीयवासीले समेत स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले प्रजिअ अधिकारीलाई जिल्लाको सुशासन र विकास÷निर्माणमा अभिभावकको भूमिका निर्वाह गरिदिन अनुरोध गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post