sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » किराया ललितपुरद्वारा खोटाङका समाजसेवी सम्मानित

खोटाङ भदौ–२४, सामाजिक सेवामा तल्लिन भई एकता र अधिकार प्राप्तिको अभियानमा समेत महत्वपुर्ण योगदान पु¥याउँदै आएको भन्दै खोटाङका समाजसेवी देवराज राईलाई सम्मान गरिएको छ ।

 किरात राई यायोक्खा जिल्ला कार्य समिति ललितपुरले आफ्नो २८ औं स्थापना दिवसको अवसर पारेर रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा ठेगाना भई हाल ललितपुरलाई कार्य क्षेत्र बनाउनुभएका राईलाई यायोक्खा सम्मान–२०७४ ले सम्मान गरेको हो ।
बिशेषगरी, किरात राईहरुको सामाजिक उत्थान, जागरण र बिकासका निम्ति समाजसेवी राईले अति महत्वपुर्ण, प्रशंसनीय तथा अनुकरणीय योगदान रहेकाले सम्मान गरिएको जिल्ला कार्य समितिका अध्यक्ष ऋषिश्वर राईले उल्लेख गरेका छन् ।

शनिबार जिल्ला समन्वय समितिको हल ललितपुरमा आयोजित बिशेष कार्यक्रमका प्रमुख अतिथि भाषाबिद् तथा पुर्ब राजदुत प्रा.डा. नोबलकिशोर राईले सम्मान–पत्रका साथ फेटा गुथाईदिएर किरात संस्कार अनुसार सम्मान गरेका हुन् ।
 यायोक्खा ललितपुरले २०६८ सालमा सम्मान कोष स्थापना गरी बर्षेनी एक जना बिशेष ब्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसअघि, समाजसेवी मनिकुमार राई, वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, संस्कृतिकर्मी जनक राई, समाजसेवी चङ्मायुङ्मा राई, समाजसेवी कृषिबिज्ञ मदन राई र समाजसेवी तेजबहादुर राईलाई सम्मान गरिएको थियो ।
यसैबीच, यायोक्खा ललितपुरले निर्माण गर्ने तयारीमा रहेको किराती ऐतिहासिक मौलिक घर “किरात खिम”को नक्सा सार्बजानिक गरिएको छ ।

दाताहरुको सहयोगमा संकलित रकमबाट खरिद गरिएको भैंसेपाटीस्थित १४ आना जग्गामा तत्कालै निर्माण शुरु गर्ने तयारी गरिएको ३ तले घरको नक्सा प्रमुख अतिथि प्रा.डा. राईले रिबन तानेर सार्बजानिक गरेको निर्माण ब्यवस्थापन समिति सदस्य रोशन राईले बताए ।

साँस्कृतिक खिमको प्राबिधिक संयोजक तथा बिदेश बिभाग प्रमुख समेत रहेका राईको अनुसार तीन करोड रुपैंयाँ बढीको घर–जग्गा योजना बनाईएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post