sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » सडक अभावमा रावाखोलाको पक्की पुल प्रयोग बिहिन

खोटाङ, २८ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोस्रो व्यापारिक केन्द्र ऐसेलुखर्कबजार जोड्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोग विहिन भएको छ । हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकखण्ड अन्तर्गत माक्पा र जालपाको बीचमा पर्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोग विहिन बनेको हो ।

स्वीस सरकारको करिब साँडे चार करोडको लागतमा सम्पन्न उक्त पुल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र ऐसेलुखर्क गाउँपालिका–७ माक्पा जोडिएको छ । रावाखोलामा पक्की पुल बने पनि पुलको आसपासको सडक अपुरै हुँदा सिधा यातायात सञ्चालन हुन सकेको छैन ।

पुलको आसपासमा बनाइनुपर्ने एप्रोच रोडका लागि स्वीस सरकारको सहयोगमा करिब रु ८५ लाखको ठेक्का लागेको स्वीस सम्वद्ध कर्मचारी सुशिल श्रेष्ठले बताउनुभयो । एप्रोच रोडका लागि करिब एक करोडको इस्टिमेट भए पनि घटाघटको बोलपत्रमा ८५ लाखमा फ्युचर–कुँवर जेबी कम्पनीले ठेक्का पारेको हो ।

त्यसो त हुर्लङ–जालपा–ऐसेलुखर्क ४० किलोमिटर सडकमध्ये माक्पा–ऐसेलुखर्क करिब साँढे छ किलोमिटर सडक पनि अपूरै रहेको छ । स्वीस सरकारको सहयोगमा निर्माणाधीन सडक स्वीस सरकारले नै अपूरै छाडेका कारण अलपत्र परेको हो ।

हुर्लङ–जालपा–ऐसेलुखर्कसम्मको ४० किलोमिटर सडकका लागि स्वीस सरकारले करिब ८० करोड रकम विनियोजन गरे पनि करिब ३८ करोड मात्र खर्च भएको छ । नेपाल सरकार र स्वीस सरकारबीच सडक निर्माणमा काम नगर्ने सहमति भएपछि सडक अलपत्र परेको श्रेष्ठको भनाइ छ ।
जिल्लास्थित राजनीतिक दलहरुले स्वीस सरकार र नेपाल सरकारसँग अपूरो सडक पूरा गर्न पटक–पटक अनुरोध गर्दा समेत सुनुवाइ भएन । पूर्व सांसद टंक राईले भने आफूले थालेको काम सक्न स्वीस सरकारको नैतिक जिम्मेवारी भएको बताउनुभएको ।
हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक पूरा भएपछि जिल्लामा उत्पादित सामग्री निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सडक सोलुखुम्बुसम्म जोडिने भएकाले पर्यटन प्रबद्र्धनमा समेत उपयोगी हुने अपेक्षा गरिएको ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post