sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सामुदायिक अस्पतालमा आँखा उपचार सेवा

खोटाङ २० भदौ । रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा सामुदायिक अस्पतालमा आँखा उपचार सेवा सुरु गरिएको छ । स्थानीय समुदायले स्थापना गरेको जनसेवा सामुदायिक अस्पतालमा तिलगंगा आँखा अस्पताल काठमाडौंको सहकार्यमा हालैबाट आँखा उपचार सेवा सुरु गरिएको हो ।

करिब चार वर्ष पहिलेबाट सञ्चालनमा ल्याइएको अस्पतालमा स्याटलाईटमार्फत आँखाको परीक्षण गरिने जनाइएको छ । अन्य सबै किसिमको उपचार हुँदै आएको अस्पतालमा आँखा सेवा समेत सुचारु भएपछि आँखाको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने समस्या समाधान भएको स्थानीयवासीले बताएका छन् ।

गाउँघरमा रुदीबादी परम्पराका कारण धेरै मानिस अन्धो भएकाले समयमै उपचार गराएर अन्धो हुनबाट जोगाउन आँखा उपचार सेवा सुचारु गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विकास राईले बताउनुभयो । “ग्रामिण क्षेत्र भएकाले आँखाका बिरामी धेरै आउने गरेका छन् ।” वडा अध्यक्ष समेत रहनुभएका राईले भन्नुभयो, “शल्यक्रिया बाहेकका सबै बिरामीको यहीँ उपचार हुन्छ ।”

जटिल किसिमका बिरामीलाई शल्यक्रियाका लागि काठमाडौं पठाउने गरिएको अस्पताल स्रोतले जनाएको छ । पन्ध्र शैया रहेको अस्पतालमा एक जना विशेषज्ञ चिकित्सकसहित नौं जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post