sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » गोपाल किराती मात्र मुख्यमन्त्रीको उम्मेदवार होइन टंक राई पनि हो : टंक राई

काठमाडौं ६ भदौ
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा प्रखर वक्ता टंक राईले गोपाल किराती प्रदेश एकको मुख्य मन्त्री हुनु भनेकै टंक राई हुनु भएको बताएका छन् ।

'गोपाल किराती मात्र मुख्यमन्त्रीको उम्मेदवार होइन, टंक राई हो', खोटाङ काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको कोटेश्वरमा गत मंगलबार आयोजना गरेको प्रशिक्षण तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'तपाईहरुले यतिबेला यो बुझ्नुहोस् की गोपाल किराती नै टंक राई हो, टंक राई नै गोपाल किराती हो, गोपाल किराती मात्र मुख्यमन्त्रीको उम्मेदवार होइन टंक राई पनि हो, अरु सबै हो, त्यसैले गोपाल किरातीलाई मुख्य मन्त्री जिताउने गरी आजैबाट लाग्नुस् ।'

उनले गोपाल किराती संघीय प्रणालीको आइकन भएको संज्ञा समेत दिए । 'पहिले आठ सय जिल्ला बनाउनपर्छ भन्दा कतिले हावा भने, कतिले के भने, अहिले झण्डै त्यहीँ संख्यामा स्थानीय तह बनेका छन् । नाम मात्र पालिका राखिएको छ तर काम जिल्लाकै छ, त्यसैले उहाँ दुरदृष्टि राख्ने नेता पनि हो ।' उनले भने 'गोपाल किराती उत्पीडित समुदाय, आदिवासी जनजाती तथा अन्य वर्गको पक्षमा सँधै लडिरहने नेता पनि हो ।'

कार्यक्रममा उनले सबै नेता कार्यकर्ता सशक्त रुपमा लागि परेमा प्रदेश एकमा मुख्यमन्त्री बनाउन सकिने भन्दै त्यसका लागि खोटाङमा जित्न आवश्यक रहेको बताएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post