sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » सेनाको रिर्पोटमा यी हुन् खोटाङका भारतीय एजेण्ट

काठमाडौं ३१ भदौं
नेपाली सेनाले तयार पारेको रिपोर्टमा खोटाङका ११ जना नेता तथा कर्मचारी भारतीय एजेण्ट रहेको खुलेको छ । उक्त रिपाार्टमा पूर्वमन्त्री पर्शुराम राई, कांग्रेस नेता सर्वधन राई, शिव बस्नेतलगायतको नाम समावेश छ ।
सेनाको गुप्तचर निकाय डिएमआइ (डिरोट्रेक्ट अफ मिलिटरी इन्टेलिजेन्स) ले २०६० साल माघमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा तयार पारेको रिपोर्टमा उनीहरुको नाम भारतीय एजेण्टका रुपमा समावेश भएको हो।

हेर्नुहोस् भारतीय एजेण्टका रुपमा खोटाङबाट समेटिनेको नाम

पर्शुराम राई – पूर्व मन्त्री – राप्रपा राष्ट्रवादी
केदार राई – राप्रपा
अशोक राई – एमाले
सर्वधन राई – नेपाली कांग्रेस प्रजातान्त्रिक
शिवकुमार बस्नेत – सभापति – नेपाली कांग्रेस
विदुर पौडेल – नेपाली कांग्रेस
भोजराज पोखरेल – पूर्व सचिव – नेपाली कांग्रेस
पदमप्रसाद पोखरेल – नेपाली कांग्रेस
शरदकुमार भट्टराई – नेपाली कांग्रेस
सर्वजित राई – राप्रपा
दानध्वज बस्नेत – कर्मचारी

रिपोर्टमा क कसको नाम समेटियो
दस्ताबेजमा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, सूर्यबहादुर थापासम्मलाई ‘भारतीय एजेन्ट’का रुपमा औंल्याइएको छ। बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाको भने सूचीमा नाम छैन।
सूचीमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, रामवरण यादव, विमलेन्द्र निधि, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, प्रदीप गिरी, मोहनबहादुर बस्नेत, अर्जुननरसिंह केसी, रमेश लेखक, मोहमद अफताव आलम लगायतको नाम समावेश छ।

त्यसैगरी, एमालेबाट वामदेव गौतम, सुवास नेम्वाङ, भरतमोहन अधिकारी, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, शंकर पोखरेल, रवीन्द्र अधिकारी, राजेन्द्र पाण्डेलगायत नेताको नाम छ। पञ्चायत पृष्ठभूमिका कमल थापा, दिपक बोहोरा लगायतको पनि नाम समेटिएको छ।

तराई मधेसका नेताहरु विजयकुमार गच्छदार, बद्रीप्रसाद मण्डल, जयप्रकाशप्रसाद गुप्ता, मृगेन्द्रप्रसाद सिंह, पदमनारायण चौधरी, राजेन्द्र महत्तो, रामेश्वर राय यादव, महेन्द्र यादव, विमल श्रीवास्तव, सर्वेन्द्रनाथ शुक्ला, हृदयेश त्रिपाठी, रामजनम चौधरीलगायतको नाम छ ।

सैनिक सूचीमा विभिन्न पेशाकर्मीको नाम पनि उल्लेख छ। पत्रकारमा चन्द्र भण्डारी झापा, हरिभक्त शर्मा संखुवासभा, रेवतीरमण सुवेदी भोजपुर, केदार सुवेदी भोजपुर, हरि घिमिरे धनकुटा, शशीशरण झा धनुषा, हरिहर विरही, शम्भु श्रेष्ठ, गोपाल थपलिया, चन्द्रलाल झालगायतको नाम छ।

त्यसैगरी, पूर्व आइजिपी मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, रविन्द्रप्रताप शाह ९तत्कालीन एसएसपी, पछि आइजिपी र हाल सांसद, तत्कालीन एआइजी सच्चिदानन्द सिटौला, अनन्तराम भट्टराई, साहित्यकार कमलमणि दीक्षित, डा तुलसी भट्टराई, मानवअधिकारवादी सुशील प्याकुरेल, डा सुन्दरमणि दीक्षित, कवि विष्णुविभू घिमिरेसमेतको नाम छ ।

विश्वसनियता
सेनाकाे दस्तावेजकाे अाधारमा याे रिपाेर्ट सरोज अधिकारीको बाइलाइनमा सम्पादक समेत रहेका उनको अनलाइन नेपाल लाइभ डटकममा छापिएको हाे । समाचारमा २०६० सालमा तयार गरिएको रिपाेर्ट भनिएको छ । एक जना पुराना सम्पादक त्यतिबेला राजालाई खुसी पार्नकै लागि मात्र विश्वास गर्न नसकिने गरी नेताहरुको नाम सेनाले दिइएको बताउँछन् ।
२०६० सालमा देशमा जनयुद्ध चलिरहेको थियो । एकातिर सरकारले तत्कालिन नेकपा माओवादीसँग युद्ध लडिरहनु परेको थियो भने अर्कातर्फ दरबार र दिल्लीको सम्बन्ध केही शंकाको घेरामा चलिरहेको थियो । दिल्लीले दलहरुलाई मान्ने तर राजालाई नमान्ने बुझेकाले दलका नेताको नाम त्यसरी समेट्दा दरबार खुसी हुने भएकाले धेरैको अाधार बिना नै नाम समावेश गरिएकाे चर्चा समेत छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post