sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै, ११ लाख घर पुगे

काठमाडौं १० असोज
यो वर्षका दशैंका लागि उपत्यकाबाट ११ लाख मानिस घर पुगेका छन् । एक लाख बाटोमा यात्रारत छन् भने अब लगातार तीन दिन दैनिक २ लाखको दरले उपत्यका छाड्ने भएका छन् ।

काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले आजदेखि तीन दिन पिक आवरका रुपमा राजमार्ग रहने यातायात व्यवसायीहरु बताउँछन् ।

यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताए । यात्रुबसको व्यवस्थापनमा खटिरहेका उनले बताए पनि यात्रुहरुले भने सहज रुपमा टिकट नपाएको गुनासो समेत गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post