sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » कर्मचारी र सुरक्षाकर्मीले चुनावमा भोट हाल्न नपाउने

काठमाडाैं ८ कातिक ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन्। यो खबर टपेन्द्र कार्कीले आजको राजधानीमा लेखेका छन्।

निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट बञ्चित हुने भएका हुन्।

निर्वाचन कानुनमा सो व्यवस्था नभएपछि कर्मचारीलगायत सुरक्षा निकायका सबै कर्मचारी बञ्चित भएका छन्। आयोगका अनुसार निर्वाचनमा खटिएकाले मतदान गर्न नपाए पनि बिदामा बसेकाले भने मतदाता नामावली भएको क्षेत्रमा भने मतदान गर्न पाउनेछन्।

निर्वाचन आयोगका अनुसार निर्वाचन कानुनले उनीहरुलाई मतदान गर्ने अधिकारबाट बञ्चित गरेको हो। यसअघि २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा भने समानुपातिक तर्फ उनीहरूको मताधिकार निर्वाचन कानुनबाटै सुरक्षित गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post