sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » वाम गठबन्धन खोटाङद्धारा दिक्तेलमा सम्पर्क कार्यालयको स्थापना

खोटाङ १३ कात्तिक
वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोटाङले चुनावी सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

दुई दलले संयुक्त रुपमा दिक्तेलमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको माओवादी केन्द्रका नेता विनोद आचार्यले जानकारी दिए ।

वाम गठबन्धनले चुनावी सम्पर्क कार्यालयको स्थापना गरेपनि औपचारिक उदघाटन भने गर्न बाँकी छ ।

दुवै दलको संयुक्त चुनाव चिह्नसहित सम्पर्क कार्यालय स्थापनासँगै अब दुई दलका चुनावी कार्यक्रम तथा अन्य प्रचार प्रसारका कार्यक्रम सम्पर्क कार्यालयलाई केन्द्रित गरेर गरिने भएको छ ।

वाम तालमेल अन्तर्गत खोटाङमा प्रतिनिधिसभामा विशाल भट्टराई र प्रदेश क मा राजन राई र ख मा रामकुमार राई पासाङले उम्मेदवारी दिएका छन् । चुनावी तालमेलका कारण एमालेले उम्मेदवारी दिएको स्थानमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिइएको छैन भने माओवादीको उम्मेदवारी दिइएको स्थानमा एमालेले उम्मेदवारी दिइने छैन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post