sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ओखलढुङ्गाका समाजसेवीद्धारा खोटाङको विद्यालयमा अक्षयकोष

खोटाङ–२३ असोज, ओखलढुङ्गाका एक समाजसेवी मानबहादुर राईले खोटाङको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि रकम प्रदान गर्नुभएको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ का राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयरामघाटमा सञ्चालित दूधकोसी आधारभुत विद्यालयमा अक्षयकोष स्थापनाका लागि नगद रु एक लाख प्रदान गर्नुभएको हो । 
बाल्यकालमा सोही विद्यालयमा अध्ययन गर्नुभएका राईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविलाल राईको हातमा नगद हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।  प्राप्त रकमलाई राष्ट्रिय बाणिज्य बैंक खाता खोलेर जम्मा गरिने र व्याजबाट आएको रकमले विद्यालयमा अध्ययनरत छात्राछात्रलाई वार्षिक रुपमा छात्रबृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ । 
रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय गानका सर्जक प्रदिपकुमार राई (व्याकुल माईला) हलेसी तुवाचुङ नगरपालिका प्रमुख ईवन राई र उप–प्रमुख विमला राई लगायतको उपस्थिति रहेको थियो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने जयरामघाटस्थित उक्त विद्यालयमा राज्यको नजर नपुगेको स्थानीयले गुनासो गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post