sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हिंसामा पर्ने बालबालिकामध्ये बालिकाको संख्या दोब्बर

खोटाङ असोज–२५,  अक्टोबर–११ अर्थात छैंटौं अन्र्तराष्ट्रिय बालिका दिवश मनाईंरहँदा खोटाङमा हिंसा तथा दुब्र्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको संख्या दोब्बर बढी पाईएको अवस्था छ । महिला तथा बालबालिका कार्यालयमा गत बर्ष आएका जम्मा १९ वटा सो सम्बन्धी घटनामध्ये १३ जना बालिका र ६ जना बालक तथा यो बर्षको हालसम्म आएको ४ घटनामध्ये ४ वटै बालिका हिंसा तथा दुब्र्यवहार सम्बन्धी रहेको तथ्याङकमा उल्लेख छ ।  
४९ दशमलब ८ प्रतिशत बालबालिका रहेको जिल्लामा बिद्यालयमा बढी बाल हिंसाका घटना हुने गरेकोे पाईएकोे महिला तथा बालबालिका कार्यालयका बाल संरक्षक नायब सुब्बा बिदुर आचार्यले बताउनुभयो । बढी मात्रामा बालिका यौन हिंसा तथा दुब्र्यवहारका घटना हुने जिल्लामा बालगृहको ब्यवस्था नहुनाले पनि यो समस्या बढेको आचार्यको भनाई छ । 
महिला तथा बाल बिकास कार्यालयले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पटक–पटक बालगृहको लागि निबेदन गरे पनि हाल सम्म जिल्लामा बालगृह सञ्चालन हुन सकेको छैन । कतिपय बाल हिंसा तथा दुब्र्यवहारका घटनाहरु प्रकाशमा नआउनु तथा दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नु पनि चुनौतिको बिषय बनेको छ । 
बालबालिका सम्बन्धी आधिकारिक रुपमा पर्याप्त तथ्याङक संकलन तथा भण्डारण गर्ने निकाय नहुनु, एकद्वार प्रणालीबाट बालबालिकाका समस्याहरु राख्ने परिपाटीको अभाब, बालश्रमबारे अध्ययन अनुसन्धान नहुनु, बालविवाहका घटनाहरु भएर पनि प्रकाशमा नआउनु जस्ता बिबिध कारणले बालबालिकासम्बन्धी हिंसा तथा दुब्र्यवहार घट्न नसकेको जानकार बताउँछन् । 
यस सम्बन्धी समस्या न्युनिकरण गर्न महिला तथा बालबालिका कार्यालयका तर्फबाट पर्याप्त पहल गरिरहेको बताईएको छ । कार्यालयले बाल अधिकार तथा संरक्षण सम्बन्धी बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ । बालबालिका सम्बन्धी कानुन पूर्ण रुपमा लागु भईसकेको हुनाले त्यस सम्बन्धी घटनालाई अनिबार्य छानबिन गर्दै उच्च सम्बन्धित बालबालिकाको उचित रेखदेखका साथ कार्वाहीको दायरामा ल्याउने कार्यलाई प्राथमिकतामा राख्ने नायव सुब्बा तथा बाल संरक्षक आचार्यले बताउनुभयो ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post