sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दिक्तेलबाट शुरु भयो ‘समाजवादको यात्रा’

खोटाङ, असोज–२६, सङ्घीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोक राई, केन्द्रीय सदस्य भीम राई, उपमहासचिब दानबहादुर बिश्वकर्मा, सांसद राधा तिमिल्सिना, केन्द्रीय सदस्य ध्यानबहादुर राई, जिल्ला उपाध्यक्ष टंक थापा, बिद्यार्थीका केन्द्रीय अध्यक्ष विवेक राई, लगायतको लेखहरुबाट ‘समाजबादको यात्रा’ शुरु भएको छ । समाजबादी बिद्यार्थी फोरम, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज रबिन खम्बुको प्रमुख सम्पादनमा शुरु गरिएको राष्ट्रिय वार्षिक पत्रिका ‘समाजवादको यात्रा’ को पहिलो अंक बिहिबार खोटाङ सदरमुकाम दिक्तेलबजारमा सार्बजानिक गर्दै औपचारिक रुपमा प्रकाशन  शुरु भएको घोषणा गरिएको हो । 
सङ्घीय समाजबादी फोरम नेपाल निकट बिद्यार्थी संगठन समाजबादी बिद्यार्थी फोरम, नेपाल खोटाङले प्रकाशन शुरु गरेको पत्रिकाको रुपाकोट मझुवागढी नगरपालिका–५ का अध्यक्ष निर्मल राई र सोही नगरपालिका–१० का अध्यक्ष मुगाधन राईले संयुक्त रुपमा सार्वजानिक गरेका हुन् । सङ्घीय समाजवादी शिक्षा प्रणाली लागु गर्दै चौतर्फी विकासको निम्ति सङ्घीय समाजवादको स्थापनार्थ पत्रिका प्रकाशन शुरु गरेको प्रधान सम्पादक खम्बुको भनाई छ ।
 पत्रकार तथा प्रकाशक संगठनमा आबद्घ बिद्यार्थीहरुको उपस्थितीमा बिमोचित पत्रिकाको पहिलो अंकमा वरिष्ठ साहित्यकार राजन मुकारुङ, भोगिराज चाम्लिङ, धनिराम राईको ममेत लेख समेटिएका छन् । रबिन्द्र राई सम्पादक तथा फनिन्द्र राई कार्यकारी सम्पादक रहेको पत्रिकामा ब्यक्ति परिचयका साथै सांगठानिक गतिबिधि, समाचार तथा बिभिन्न श्रष्टा–सर्जकका सिर्जनाहरु समेत अँटाईएको छ ।
पत्रिकाको सह–सम्पादकमा गोमा राई, हेमकुमार खड्का र कबिता बि.क. रहेका छन् । यस्तै, अतिथि सम्पादनमा विजय चाम्लिङ रहेको राष्ट्रिय बार्षिकमा आस्ना राई(संगीता), अनिशा राई, राजेश राई, अरुणा रानामगर र विश्वचन्द्र राई ब्यवस्थापनमा खटिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post