sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » सुरक्षित वैदेशिक रोजगार सम्बन्धी घुम्ती शिविर

लिला निरौला/खोटाङ
असोज–३१, वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउने उद्धेश्यले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा घुम्ती शिबिरको आयोजना गरिएको छ । नगरपालिकाको वडा नं.–४ खाल्लेका प्रत्येक टोलटोल तथा घरघरमा सुरक्षित आप्रवासन सम्बन्धी सुचनाहरु पु¥याउन बालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीको  विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत वैदेशिक रोजगार सम्बन्धी घुम्ती शिविर कार्यक्रम आयोजना गरिएको हो ।
शिबिरमा सम्भावित आप्रवासी तथा आप्रवासीका परिवार, स्थानीय बुद्धिजीवी,महिला, बृदा आमा–बुवाहरुको सहभागिता रहेको थियो ।  सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना केन्द्रले दिने सेवा सुविधा बारे जानकारी, सीप तालिमको महत्व, कागजपत्रको महत्व, कानुनी ब्यवस्था र वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले प्रदान गर्ने सेवा सूविधाको बारेमा जानकारी गराइएको थियो । उतm कार्यक्रम सम्पन्न पश्चात वैदेशिक रोजगारीको क्रममा विभिन्न प्रकृतिका ४ वटा ठगीका मुद्घाहरु बारे सहभागीले टिपाएका छन् । सामी परियोजनाबाट नि.शुल्क पाउने सीप तालिमका लागि वडाका  ७ जना युवाले चासो देखाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post