sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ब्रोइलर कुखुराको भाउ घटाउन नपाईने !?

खोटाङ–२९, खोटाङ सदरमुकाम दिक्तेलबजारमा ब्रोइलर कुखुराको मासु कम मुल्यमा बिक्री नगर्न दबाब दिएको पाइएको छ । दिक्तेलमा हालै सञ्चालनमा आएको ‘रत्नपार्क फ्रेस मासु पसल’ले प्रतिकेजी ३ सय ७० रुपैंयाँमा मासु बिक्री गर्न थालेपछि अन्य कुखुराको मासु ब्यवसायीले तत्काल रोक्न दबाब दिएको पाइएको हो । 
बजारका अन्य व्यापारीले प्रतिकेजी ४ सय ४० रुपैंयाँमा कुखुराको मासु बिक्री गर्दै आएको अवस्थामा उक्त पसलले गत असोज २२ गतेबाट प्रतिकेजी ७० रुपैंयाँ घटाएर बिक्री गर्न थालेपछि अन्य ब्यवसायीले विज्ञप्ती निकालेर बिरोध सुरु गरेका हुन् । एउटा पसलको बिरोधमा उत्रिएका खोटाङ पोल्ट्री व्यवसायी सङ्घमा आवद्ध व्यापारीहरु तत्काल उक्त पसल बन्द गराइदिन प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई समेत गुहार्न पुगेको पाइएको छ । 
जिल्लाका अन्य व्यापारीले ग्राहकबाट अत्याधिक मुल्य लिएर व्यवसाय गरेकाले भाउ घटाउन अनिवार्य रहेको कम मुल्यमा मासु बिक्री गर्न सुरु गरेका ‘रत्नपार्क फ्रेस मासु पसल’का सञ्चालक राजेन्द्रकुमार श्रेष्ठ (भाने)ले बताए । “अहिलेको अवस्थामा प्रतिकेजी रु ३ सय ७० मा बिक्री गर्दा पनि ५० रुपैंयाँ फाइदा हुन्छ ।” उनले भने–“यस विषयमा सम्बन्धित निकायले ध्यान दिएर मुल्य निर्धारण गर्न आवश्यक छ ।”
सञ्चालक भानेका अनुसार अन्य पसलले ग्राहकबाट प्रतिकेजी रु १ सय २० रुपैंयाँ फाइदा लिने गरेको तथ्य फेला परेको छ । जिल्लामा ब्रोइलर कुखुराको मासु प्रतिकेजी रु ३ सय ५० रुपैंयाँमा बिक्री गर्दा पनि कसैलाई अप्ठ्यारो नपर्ने स्रोतको दाबी छ । 
जिल्लामा स्वस्च्छ प्रतिस्पर्धामा व्यापार÷व्यवसाय गर्न पाउने अधिकार सबैको रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । “सामान्यतः गुणस्तर र परिणाममा फरक पर्न सक्छ ।” उनले भने–“एउटै गुणस्तर र परिणामको व्यवसाय गर्दा मुल्य फरक हुनुहुन्न ।”
बढी मुल्य लिएर बिक्री गर्दा पनि जिल्लामा प्रतिदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खपत गर्ने बाहेक सरदर ५ सय केजी बढी ब्रोइलर कुखुराको मासु बिक्री हुने गरेको छ । बाक्लो किरात वस्ती रहेको जिल्लामा खसीको प्रतिकेजी ६ सय, राँगाको ३ सय र सुँगुरको २ सय ५० रुपैंयाँमा प्रति केजी मासु बिक्री हुने गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post